खेल अक्टोबर १८ मा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ।
इजरायल सरकारको आफ्नै प्रोटोकल भएका कारण शव व्यवस्थापनमा केही समय लाग्ने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
जस्तो भए पनि भ्रष्टाचार, भ्रष्टाचार नै हुने भन्दै यसमा कुनै पनि प्रकारको लेप लगाउन आवश्यक नभएको उनले बताए।
बुधबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले कुन्द दीक्षितको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो।
खानेपानीमन्त्री महेन्द्र राय यादव र मेयरबीचको टसलले सर्लाहीको हरिपुर्वामा पछिल्लो ६ महिनामा ६ पटक नै प्रमुख प्रशासकीय अधिकृत फेरिए। कतिपय त सरुवा भएर पनि गएनन्, गएका समेत २४ घन्टा नबित्दै फिर्ता भए।
व्यक्तिगत बचतको अधिकतम सीमा २५ लाख हुनेगरी प्रस्ताव भएको विषय हटाउने गरी सहमति भएको समिति सभापति विमला सुवेदीले बताइन्।
शनिबारदेखि बुधबारसम्म करिब दुई सयभन्दा बढी उडान स्थगित भएका छन्। लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्या भइरहेको बताउँछन्।
राष्ट्रपतिको राजीनामा माग्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्याली गरेका छन्।
चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
हत्या आरोपित सञ्जय भण्डारीले बयानका क्रममा व्यक्तिको पनि हत्या गरेको स्वीकार गरेका थिए। प्रहरीले उनलाई जन्मकैदको सजाय माग गर्दै प्रतिवेदन बुझाएको छ।
मुख्य प्रशिक्षक एनिसले टिममा नयाँ र उर्जवान खेलाडी रहेको बताएका छन्। उनले टोली राम्रो बनेको बताउँदै आफ्नो तर्फबाट शतप्रतिशत दिने बताए। खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालामा हुने छ।
चिया पसलमा कोही गफिन, कोही थकाइ मार्न र कोही कसैलाई पर्खिन पुग्ने गर्छन्। घरमा पाहुनाको सत्कार चियाबाटै हुन्छ। एक चिया पसलका सञ्चालक भन्छन्- चिया मान्छेहरूबीचको 'कनेक्सन' हो।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषकले लगाएको उखुबाली जंगली हात्तीले सखाप पारेको छ। एकै रातमा आफ्नो डेढ लाख रुपैयाँको उखु नष्ट गरिदिएको स्थानीय रामकृष्ण रानाले बताए।
चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा १३० भन्दा बढी मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन्।
राहुल महरा, चिनियाँ नागरिक दाओजिन वाङ, उनका गाडी चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई प्रतिवादी बनाइएको छ।
सिमसारको दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ।
काभ्रेको जनसंख्या तीन लाख ६४ हजार ३९ छ। तर, जिल्लामा सहकारीका सदस्य भने छ लाख ७९ हजार ८१८ रहेका छन्।
प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० नेपाली युवाको मृत्यु भएको थियो।
इजरायलको आक्रमणमा हमासका अर्थमन्त्री अबु शमाला र वरिष्ठ योजनाकार जकारिया अबु मुअम्मरको मृत्यु भएको छ।
चीनसँगको सीमावर्ती गाउँ हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।