AnonymousUser

Logout

यस्ताे छ साेमबारकाे माैसम पूर्वानुमान

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

प्यालेस्टिनी आक्रमणमा परेर इजरायलमा १० जना नेपालीकाे मृत्यु भएकाे पुष्टि

इजरायलको तेलअविवस्थित नेपाली दूतावासले १० जनाको मृत्यु भएको, तीन जनाको उपचार भइरहेको र एक जनाको अवस्था अज्ञात रहेको पुष्टि गरेको हो।

१९औँ एशियाली खेलकुदको समापन, २०औँ संस्करण जापानमा हुने 

१९औँ एशियाली खेलकुदमा सहभागी ४५ मध्ये ४१ राष्ट्रले पदक जिते। जसमा आयोजक चीनले कीर्तिमानी २०१ स्वर्ण जित्दै आफ्नो प्रभुत्व कायम राख्दा जापान दोस्रो र दक्षिण कोरिया तेस्रो भए।

जंगलमा उत्पादित अल्लोबाट रोजगारीसँगै आम्दानी

कृष्णकुमारी राईले आफ्नो उद्योगमा १० जना बढीलाई रोजगारी दिएकी छन्। उनका अनुसार अल्लो व्यवसायसँग प्रत्यक्ष–अप्रत्यक्ष तीन सय बढी रोजगारमा जोडिएका छन्।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भन्छन्– टेरामक्सले व्यक्तिगत डेटा ‘क्याप्चर’ गर्दैन

प्राधिकरणले टेलिकम कम्पनीले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले उनीहरूको बदमासी रोक्न टेरामक्सको आवश्यकता परेको दाबी गरेको छ।

डब्ल्यूएचओको चुनावमा नेपाली उम्मेदवारलाई सरकारले सहयोग नगरेको गुनासो

सरोकारवालाले डब्ल्यूएचओको दक्षिणपूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्।

‘शिक्षकलाई राजनीति नगर भन्नु निरंकुशता हो’

‘अधिकांश शिक्षकले पाँच वर्षपछि यो पेसा नै छोड्ने गरेको देखिएको छ। एक व्यक्ति स्नातक सकेर पढाइरहेको हुन्छ र कुनै बैंकको लागि तयारी पनि गर्दै हुन्छ। कोही विदेशको लागि तयारी गरिरहेको देखिन्छ।’

९ किलो सुन प्रकरण : कृष्णबहादुर महराबाहेक ४ जनालाई मुद्दा चलाउन सीआईबीको राय

भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महराबाहेक उनका छोरा राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको छ।

इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारलाई सांसदको ध्यानाकर्षण

शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

इजरायलबाट नेपालीको उद्धार गर्न कांग्रेस सभापति देउवाको आग्रह

इजरायलमा बसोबास गर्दै आएका नेपालीको यकिन तथ्यांक पत्ता लगाई जीवनरक्षा तथा उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन सभापति देउवाले आग्रह गरे।

चाडपर्वलक्षित विशेष सुरक्षा योजना: देशभर खटाइयो ५० हजार प्रहरी

प्रहरी प्रधान कार्यालयले चाडपर्वलक्षित विशेष सुरक्षा योजना आइतबारदेखि देशैभरका प्रहरी युनिटमा लागू गर्न सर्कुलर जारी गरेको छ।

विद्युत् विधेयक परिमार्जन गर्नुपर्छः रमेश लेखक

कांग्रेस प्रमुख सचेतक एवं सांसद रमेश लेखकले नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत् उपलब्धताको ग्यारेन्टी हुने गरी सरकारले विधेयक परिमार्जन गर्नुपर्ने बताए।

देशभर एक महिनालाई पुग्ने चिनी व्यापारीका गोदाममा, बजारमा हाहाकार हुँदा सरकार लाचार

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानका गोदाममा १८ हजार ८५१ टन चिनी फेला पारेको छ जसले औसतमा देशभरको झन्डै एक महिनाको माग धान्न पुग्छ। 

बुद्धिसागरको संस्मरणात्मक कृति ‘उसले दिएको उमेर’ सार्वजनिक

लेखक बुद्धिसागरको संस्मरणात्मक पुस्तक ‘उसले दिएको उमेर’ सार्वजनिक भएको छ।

उपभोक्ताको हितविपरीत काम गर्नेलाई कडा कारबाही गर्ने मन्त्री रिजालको चेतावनी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ताको अधिकार तथा हितविपरीत हुने क्रियाकलापमा संलग्न जोकोहीलाई सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने चेतावनी दिए।

अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म शिक्षकका माग सम्बोधन हुन्छन् : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षालाई मद्दत गर्ने र शिक्षकहरूलाई सुयोग्य बनाउन उपयुक्त र जायज मागहरूमा सरकार सकारात्मक रहेको बताए।

कर्जाको सीमा बढ्दा पनि लगानीकर्तामा देखिएन उत्साह, ३५.६७ अंकले घट्यो नेप्से

लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन।

बेनामी उजुरीको व्यवस्था हटाउन सांसद भण्डारीको माग 

सांसद शंकर भण्डारीले बेनामी उजुरीको कारण अराजकता बढेको र सरोकारवाला निकायको काममा ढिलाइ भई विकास निर्माणमा बाधा पुगेको भन्दै उक्त व्यवस्था हटाउन सरकारसँग आग्रह गरे। 

विप्लव प्रतीकद्वारा अनूदित ‘यौटा सपनाको अवसान’ सार्वजनिक

अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’को नेपाली अनुवाद ‘यौटा सपनाको अवसान’ सार्वजनिक गरिएको छ।

स्वर्णिम वाग्ले भन्छन्– सरकारले बजेटमा तोकिएको समयसीमाअनुसार काम गर्न सकेन

सांसद वाग्लेले सरकारका गतिविधिले मुलुकको आर्थिक क्षेत्रमा नैराश्य उत्पन्न गराए पनि राष्ट्र बैंकले लिएका खुकुला नीतिले अर्थतन्त्रमा केही राहत मिलेको बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।