सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ।
संघीय गणतन्त्र जर्मनीले दक्ष नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने भएको छ।
नेपालले दिएको ३५४ रनको लक्ष्य पछ्याएको इरान ७९ रनमा अलआउट भएको हो।
लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहाले बताए।
लामो समयसम्म एकै स्थानमा काम गर्ने, सुरक्षा गार्ड र सवारी चालक, प्रत्यक्ष घाममा, धुलो–धुवाँमा काम गर्ने कामदारमा यो समस्या धेरै पाइएको छ।
यसअघि पहिलो चरणमा भएको सुनुवाइका क्रममा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै असोज २५ गते बेलुकी ५ बजेसम्म लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो।
मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले बताए।
मृत्यु भएका विद्यार्थीमध्ये कसैले एक करोड रुख रोप्ने प्रण गरेका थिए भने कसैले नेपालमै राम्रो कृषि फार्म सञ्चालन गर्ने सपना बुनेका थिए। उनीहरू अब केही दिनमा रातो बाकसमा नेपाल आइपुग्नेछन्।
भेटवार्ताका क्रममा अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन पनि माग गरेका छन्।
नेपालका दीपक बोहराले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुंगा पुगेकामा पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको छ।
कुनै चीजलाई मान्नुअघि त्यसमा प्रमाण खोजिन्छ। त्यसको मतलब म सम्भवतः १८ वर्षको उमेरमा तर्कवादी भएँ। मैले जुनसुकै विषयमा प्रमाण खोज्न थालेँ। २५ वर्षको उमेरमा त म तर्कवादी आन्दोलन र अभियानमा जोडिएँ।
बझाङमा असोज १६ को भूकम्पमा एक जनाको निधन र २० जना घाइते भएका थिए। साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो।
यूईएफएले विज्ञप्ती जारी गर्दै इजरायलमा निर्धारित सबै खेल दुई साताका लागि स्थगित गरेको छ।
सुदूरपश्चिम र कर्णालीको सम्पूर्ण भूभाग तथा लुम्बिनीको पश्चिमी भूभागबाट भने मनसुन बाहिरिइसकेको छ।
अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। कप्तान रोहित शर्माले कीर्तिमानी शतक कायम गरे।
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ।
सर्वोच्च अदालतले 'स्टिङ अपरेसन'लाई मान्यता नदिँदा दिनदहाडै घुस लेनदेन हुँदा पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ।
तस्करीको सुन छुटाउन पूर्वसभामुख महराका बाबुछोरा दुवैले समान भूमिका निर्वाह गरेको प्रहरीकै अनुसन्धान प्रतिवेदनले छर्लङ्ग पार्छ। तर बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र मुद्दामा प्रतिवादी बनाइएको छ।
भण्डारण गरेको चिनी बजारमा पठाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले गरेको आग्रह उद्योगीले बेवास्ता गरेका छन्। उक्त चिनी पेय तथा जुस उद्योगलाई बेचिसकेको उद्योगीहरूको दाबी छ।