AnonymousUser

Logout

विश्व शौचालय दिवस: ३ अर्ब मानिस सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ। तर, सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने लक्ष्यमा प्रगति भने सुस्त छ।

महिला टी२० श्रंखला: जापानलाई हराउँदै नेपाल तेस्रो

नेपालले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनायो। 

टर्कीमा १७ आईएस संदिग्ध पक्राउ

प्रहरीले १७ संदिग्धलाई नियन्त्रणमा लिनुका साथै ठूलो मात्रामा कागजात र डिजिटल सामग्री बरामद गरेको बताएको छ।

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा दुई हजार ६०९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। 

नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको छ।

उत्तराखण्डको सुरुङमा फसेका मजदुरको उद्धारमा अवरोध

जमिन भासिएर ठूलो मात्रामा ढुंगा र माटो निरन्तर खसेको तथा ‘ड्रिलिङ मेसिन’ बिग्रिएका कारण उद्धारको काम सुस्त भएको छ। 

सूर्यको आराधना गरी उल्लासपूर्वक मनाइँदै छठपर्व

तराई क्षेत्रमा मनाइने छठ मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। पञ्चमीका दिनदेखि व्रत बस्नेले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसाद ग्रहण गर्ने चलन छ।

धार्मिक राजशाही वा निरंकुशता विकल्प हुन सक्दैन

राष्ट्र परिस्थितिजन्य र कतिपय प्रायोजित संकटबाट गुज्रिरहेको छ। तथापि त्यसको निकास पश्चगमन, धार्मिक राजशाही र निरंकुशता हुन सक्दैन। विकल्प गणतन्त्रभित्रै खोजिनुपर्छ।

कस्तो रहनेछ आइतबारको मौसम?

सुदूरपश्चिमलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

फाइनल खेल भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार दिउँसो २:१५ बजे शुरू हुनेछ। 

बन्दीपुर र मानुङकोटमा बढ्यो पर्यटकको चहलपहल

तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ। पर्यटन विकासको समितिको तथ्यांकअनुसार बन्दीपुरमा २६ देशका पर्यटक आएकोमा सबैभन्दा बढी चिनियाँ छन्।

नेपाल बिस्तारै ज्येष्ठ नागरिकहरूको देश बन्ने खतरा बढ्यो : शेखर कोइराला

कांग्रेस नेता शेखर कोइराला जनतामा चरम निराशा देखिएको र त्यही निराशाको परिणामस्वरूप युवाहरू विदेश पलायन भइरहेको बताउँछन्।

छठपूजाका लागि सिँगारियो छठघाट, झिलिमिली बन्यो घडिअर्वा (तस्वीरहरू)

छठपूजाका लागि वीरगन्जस्थित घडिअर्वा पोखरीबीचमा रहेको मन्दिरलाई फूलमालाले चिटिक्क पारेर सिँगारिएको छ भने झिलीमिली बत्तीले उज्यालो बनाइएको छ।

जाजरकोटमा चिसोले थप तीन जनाको मृत्यु

भूकम्प प्रभावित क्षेत्रमा त्रिपालमुनिको बसाइँका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

बाबुआमाले ज्यान दिएर पढाएका ‘मनोज सर’ सयौँ बालबालिकालाई ज्ञान बाँड्दै

उनको अगुवाइमा चलेका निःशुल्क ट्युसन कक्षामा ५४० दलित विद्यार्थीले पढिरहेका छन्। गाउँघरका बालबालिकालाई अशिक्षाको अन्धकारबाट शिक्षाको ज्योतितर्फ डोर्‍याएका मनोजले आफैँ भने कहिल्यै ट्युसन पढ्न पाएनन्।

मिरा मुराती बनिन् च्याटजीपीटी निर्माता ओपनएआईको कार्यवाहक सीईओ

ओपनएआईले अल्टम्यानको नेतृत्वमा च्याटजीपीटी च्याटबट सार्वजनिक गरेपछि विश्वभर एआईबारे चर्चा चुलिएको थियो।

चार महिनामा ३ खर्ब ५५ अर्ब बजेट खर्च हुँदा पुँजीगततर्फ ९.९३ प्रतिशत

चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ।

कोप–२८ मा सहयोगको याचना नगरी अधिकारका कुरा राख्ने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले मंसिर १४ देखि २६ गतेसम्म दुबईमा आयोजना हुने कोप–२८ सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकतासाथ उठाइने बताएका छन्।

राष्ट्रपति र प्रधानमन्त्री संविधान सिध्याउने काममा लागेको ओलीको आरोप

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहाल दुवै संविधानअनुसार नचलेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।

बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई बैतडी जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।