सम्मेलनमा चितवन र तनहुँमा बसोबास गर्ने बोटे समुदायका विद्यार्थीको उपस्थिति थियो।
बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न शुरू गरेको छ।
विद्यमान सरकारी संयन्त्रलाई चुस्त र सबल बनाएर पुनर्निर्माण गर्नुपर्ने सुझाव विज्ञहरूले दिए पनि प्रधानमन्त्री दाहाल भने अर्को छुट्टै संयन्त्र बनाउन जोडबल गरिरहेका छन्, किन?
एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा शुरू भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको लागि आग्रह गरेका हुन्।
डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
सिंगापुरका 'स्पीड क्युबर' डेरिल ट्यानले क्युब हलसम्बन्धी १२ वटा विश्व रेकर्ड बनाएका छन्।
यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ।
जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न पालिकाहरू अघि सरेका छन्। यहीबीच बर्दियाको बारबर्दिया नगरपालिकाले पनि पाँच लाख २५ हजार रुपैयाँ छुट्याएको छ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उनको भनाइ थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो।
गाउँमा अझै आशाको किरण झुल्केको छैन। बरु बादलले आकाश मडारिएको छ। चिसो खेतमा पाल टाँगेर बसेका उनीहरू जाडो र भोकले मर्छौँ कि भन्ने चिन्तामा छन्।
प्राकृतिक स्रोत पानीलाई लिएर द्वन्द्वका सम्भावनाबारे भइरहेका विभिन्न अनुमानलाई आधार बनाइ संयुक्त राष्ट्रसंघका महासचिवले संसारका १० ठूलामध्ये ८ हिमाल भएको देश नेपालको भ्रमण रोजेझैँ लाग्छ।
विराट कोहलीको ४९ औँ शतक र रविन्द्र जडेजाको पाँच विकेटको मद्दतले भारतले दक्षिण अफ्रिकालाई ८३ रनमा अलआउट गर्दै विश्वकपमा लगातार आठौँ जित दर्ता गरेको छ।
प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ।
भूकम्पबाट आवासविहीन भएकाहरूलाई केही संघसंस्थाहरूको सहयोगमा आइतबार राहत बाँडिएको भए पनि सबैलाई पर्याप्त हुन सकेको छैन। विस्थापितहरू चिसो भुइँमा पराल ओछ्याएर पुरानो पालमुनि सुत्न बाध्य छन्।
गृह मन्त्रालयले जाजरकोट भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट १२ वटा स्वास्थ्य संस्थामा क्षति भए तापनि स्वास्थ्य सेवा प्रवाहमा समस्या नभएको जनाएको छ।
भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ।