भूकम्पका कारण छेपारे टोलका ३९ वटै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेका छन्। स्थानीयले चिसो मौसमका कारण बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति समस्या परेको बताएका छन्।
दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ।
सरकारले भन्सार छुट दिएर २० हजार टन चिनी भारतबाट ल्याउने निर्णय भदौ अन्तिममा गरे पनि आयात नगरेपछि दशैँ खल्लो भयो। अब तिहारअघि नै ‘जीटुजी’मार्फत भारतबाट चिनी ल्याइसक्ने आपूर्ति मन्त्रालयको दाबी छ।
सरकारले भूकम्पले पुर्याएको भौतिक क्षतिको सूक्ष्म अध्ययन गर्न १० जना विज्ञको टोली जाजरकोट र रूकुमपश्चिमतर्फ पठाएको छ।
कार्यदललाई काम शुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिए।
रास्वपाले एकद्वार प्रणालीको नाममा सदरमुकामसहित सुगम ठाउँमा राहत थुप्रिने तर दुर्गमका वास्तविक प्रभावितले नपाउने विगतको कमजोरी नदोहोर्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
क्यानले आईसीसी टी२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।
जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ। समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।
वस्तुको आयात र घरजग्गाको कारोबारका साथै बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा बढ्दै जानुले आर्थिक क्षेत्र चलायमान भएको संकेत त मिलेको छ। यसको स्थायित्वमा भने प्रश्न उठिरहेका छन्।
कात्तिक २९ गते परेको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
अख्तियारले राजस्व दुरुपयोग गरेको अभियोगमा मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सोमबार अपराह्न जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको छ।
श्रीलंकाका ब्याट्सम्यान एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका छन्।
एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि पार्टीका कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणका कार्यक्रम स्थगित गरेका छन्। उनी मंगलबार भूकम्प प्रभावितको अवस्था बुझ्न जाजरकोट र रुकुमपश्चिम जाने भएका छन्।
जलवायु परिवर्तनजन्य विपद्ले ठूलो असर पुर्याइराखेको भए तापनि राज्यको प्राथमिकतामा पर्न नसकेको सरोकारवालाले गुनासो गरेका छन्।
खुद्रा व्यापारी तथा व्यवसायीले सोमबारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र मंलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने छन्।
आठबीसकोटका ११, १२ र १३ नम्बर वडाका पाँच मृतकका परिवारलाई २५ हजारका दरले किरियाखर्च दिएको नगरप्रमुख रवि केसीले जानकारी दिए।
पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत बन्द हुने गरेकामा खोलामा बेलिब्रिज बन्न थालेपछि स्थानीय खुशी भएका छन्।
हिरे विकको घर पुरिएपछि भाइ भद्रवीर र भतिजा हतारहतार पुगेर भग्नावशेष पन्छाउन थाले। उनीहरूले दुई छोरीको त उद्धार गरे, बाँकी चार जनाको शव मात्र निकाल्न सके। अहिले बाँचेकाको पनि गाँस र बासको टुंगो छैन।