गोरखा नगरपालिका–१३ का जीतबहादुर भट्टले बर्षौँदेखि बाँझो रहेको १०३ रोपनी जमिन भाडामा लिएर व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती गरेका छन्।
“कुशासनले जनतामा असन्तुष्टि छ। तर असन्तुष्ट जनता असंगठित हिसाबले सडकमा आउँदा वा दुर्गा प्रसाईंले त्यो असन्तुष्टि भजाउने नेतृत्व गर्दा व्यवस्था धर्मराउँछ भन्ने लाग्दैन।”
लाभग्राहीलाई पहिलो किस्ताबापत २५ हजार दिइने छ। पहिलो किस्ता पाएर निश्चित प्रक्रिया पुगेका र स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनेर सिफारिस गरेपछि अन्तिम किस्ता २५ हजार उपलब्ध गराइने छ।
ताप्लेजुङका हिमाली बस्तीमा बसोबास गर्ने समुदाय चौँरीपालनमा निर्भर हुँदै आएको छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। तर, नाका बन्द हुँदा किसानले चौँरी बिक्री गर्न पाएका छैनन्।
खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेकोमा कुनै पनि खेल जित्न सकेको छैन।
जमिन ओगटेर त्यतिकै बर्षौंवर्ष बाँझो राखिनु हुँदैन। त्यसलाई अपराध मानिनुपर्छ। दीर्घकालसम्म जमिन खालि राख्ने अधिकार कसैलाई हुनुहुँदैन।
झापामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सयपत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
क्यान्टिन बन्द गराउने विषयलाई लिएर उत्पन्न विवादले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय कार्यालयमा तालाबन्दी र झडपको स्थिति सिर्जना भएको छ।
प्रधानमन्त्री दाहालले संघीय संसद्को आगामी अधिवेशनमा सहयोगापेक्षी सडक आश्रित मानवहरूको समुचित व्यवस्थापनका लागि विधेयक तयार गरी पेस गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई एक महिनासम्मका लागि निषेधित घोषणा गर्दै ५ जनाभन्दा बढी भेला भई जुलुस, प्रदर्शन, धर्नाजस्ता विरोधका कार्यक्रम गर्न रोक लगाएको छ।
सरकारले जाजरकोट, रूकुमपश्चिम, बझाङ, बाजुरा र सल्ल्यानका भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ।
विज्ञहरूले जलवायु परिवर्तनबाट सबैभन्दा ठूलो असर पानीका स्रोतमा परिरहेको र त्यसले जनजीवनमा व्यापक असर पुर्याइरहेकाले नेपालले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग उठाउनुपर्ने बताएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगले बालअधिकारको संरक्षण र वकालतमा परिणाममुखी ढंगले कार्य गर्न नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुरोध गरेको छ।
भारतमा उद्धारकर्ताले विगत ९ दिनदेखि उत्तराखण्डस्थित एक सुरुङमा फसेका ४१ जना कामदारलाई उद्धार गर्ने विकल्पका रूपमा नयाँ सुरुङ खन्ने योजना अघि सारेका छन्।
नेपालको वन्यजन्तु पर्यटनलाई विश्वव्यापी बनाउने काम झन्डै ६ दशकअघि बेलायती नागरिक जिम एडवार्डले गरेका थिए। त्यसबेला विदेशी पाहुनामाथि निर्भर पर्यटन व्यवसायको स्वरूप अहिले उल्टिएको छ।
यमनले मंगलबार दशरथ रंगशालामा घरेलु टोली नेपालको सामना गर्दै छ। नेपालसँग खेल्न सहज नहुने यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोप बताउँछन्।
नेपालमा भिडियो शेयरिङ एप टिकटक प्रतिबन्धित गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ।
गृह मन्त्रालयले मातहतका निकायमा सुधारको कार्ययोजना तयार पार्न पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको छ।