नवलपरासीमा असारदेखि लम्पीस्किन संक्रमण देखा परेको हो। बर्दघाटमा देखिएको संक्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ।
विश्वका अन्य देशका ३६ जनामा देखिएको वंशाणुगत त्रुटिसम्बन्धी रोग नेपालका मात्र थप १४ जनामा देखिएको छ। यो रोग एउटै देशमा यति धेरै संख्यामा पत्ता लागेको पहिलोपटक हो।
संघीय अस्पतालहरूमा उपकरणको यकिन विवरण नहुँदा र धेरै उपकरण बिग्रिएर थन्किएको पाइएपछि स्वास्थ्य मन्त्रालयले अब ती उपकरणको अनिवार्य लेखा परीक्षण गर्ने निर्णय गरेको छ।
नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन्।
चिकित्सक संघले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन थालेकोबारे अस्पताल पुगेपछि मात्र थाहा पाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन
निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।
नेपालमा आँखा उपचार करिब पाँच दशकअघि वीर अस्पतालबाट शुरू भएको हो। हाल देशभर फैलिएका ‘डेडिकेटेड’ अस्पतालमा आँखाको शल्यक्रिया गर्ने नेपालीभन्दा विदेशी धेरै छन्। आँखा उपचारमा लामो फड्को कसरी सम्भव भयो?
बर्सेनि हात्ती, गैँडालगायत जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पदंशबाट हुन्छ। तर चिकित्सक नै उपचारमा अभ्यस्त नहुँदा र सर्पदंश केन्द्र पुर्याउन ढिला हुँदा धेरै बिरामीको ज्यान बाटोमै जान्छ।
रक्तसञ्चार केन्द्रले रगत संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाएको छ।
डेंगी संक्रमण चुनौतीका रूपमा देखापरेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। सन् २०२५ जनवरीयता सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी संक्रमण देखिएको छ।
वर्षौंदेखि औषधिको मूल्य निर्धारण प्रणाली बिथोलिँदा नवीकरणका नाममा औषधि व्यवस्था विभागका महानिर्देशकले अपारदर्शी र मनोमानी रूपमा मूल्य घटबढ गराइरहेका छन्, जसको मारमा छन् बिरामी।
महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा सरकारले लगाउँदै आएको कर हटाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
ईडीसीडीका अनुसार जनवरी १ देखि जुन ८ सम्ममा डेंगीका एक हजार २५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ।
अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी लिंग परिवर्तन शल्यक्रिया सेवालाई विस्तार गर्ने जनाएको छ।
संक्रमण फेला परेको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ।
सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताए।
तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण देखिएको र उनीहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको स्वास्थ्य आपत्कालीन केन्द्रका सूचना अधिकारी हेमराज जोशीको भनाइ छ।
भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको छ।