AnonymousUser

Logout

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

स्वास्थ्यमन्त्रीले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन्।

एफईएसजीई उपाधि पाउने पहिलो नेपाली बने डा. झा

ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धि र दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन  २६ वर्षपछि कार्यान्वयनमा

नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको स्वास्थ्य मन्त्रालयले एक दशकअघि गरेको अनुसन्धानले देखाएको थियो।

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको संयुक्त सामना गर्ने सम्झाैता

कोरोना महामारीको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले ऐतिहासिक सम्झौतामा विश्व स्वास्थ्य संगठनका सदस्य मुलुकहरू सहमत भएका छन्।

फोहोर व्यवस्थापनमा एभरेस्ट अस्पतालको लापरबाही, काठमाडौँ महानगरले गरायो ५० हजार जरिबाना  

हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिबाना गराइएको हो।

महिलासँग सम्बन्धित क्यान्सरको निःशुल्क परीक्षण, १ हप्तामा ४८ जनामा एचपीभी पोजेटिभ

ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ।

मातृशिशु मृत्यृदर घटाउन नेपाल सफल

हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा मातृ र नवजात शिशु मृत्यदर घटाउन नेपालको सफलता उल्लेख छ।

भोजपुरको दुर्गम गाउँमा स्वास्थ्य सेवा, जीवनजल लिन घण्टौँ हिँड्नुपर्ने अवस्थाको अन्त्य

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको छ।

स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम १ अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको जनाएको छ।

अटिजमबारे जागरुकता जगाउन सडक नाटक

समुदायमाझ अटिजमबारे बुझाउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा अभानी फाउन्डेशनले ललितपुर पाटनमा नाटक र नाचगान प्रदर्शन गरेको छ।

विश्व ‘अटिजम’ जागरूकता दिवस मनाइँदै

अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउने गरिन्छ।

मिर्चैयाका १४ अस्पतालको अनुगमन, १३ वटा बन्द गर्न निर्देशन

मधेशमा हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मात्रै मापदण्डअनुसारका पाइएका छन्।

स्वास्थ्य उपकरण खरिदमा विभागको चलखेल, बोलपत्रको ‘स्पेसिफिकेसन’मै मिलेमतो

प्रयोगशालाका लागि मेसिन किन्ने जिम्मा निश्चित कम्पनीलाई दिनेगरी शर्त राखेर स्वास्थ्य सेवा विभागले बोलपत्र मागेको छ। ती शर्तका कारण भविष्यमा प्रयोगशाला सञ्चालन खर्चसमेत बढ्ने व्यवसायी बताउँछन्।

भारत, बांग्लादेश र भुटानबाट आँखाको उपचार गर्न नेपालमा

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन्।

मस्कुलर डिस्ट्रोफी उपचार तथा रोकथामको कार्ययोजना बनाउन सुझाव समिति गठन

मस्कुलर डिस्ट्रोफीको रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापनाका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको छ।

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अग्रसर रहेको जनाएको छ।

मस्तिष्कघातका बिरामीलाई ३ अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै औषधि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन लागिएको जनाएको छ।

‘दाँत तथा मुख स्वस्थ राख्न दैनिक १० मिनेट छुट्याऔँ’

चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लूएचओको भनाइ छ।

गैरकानूनीरूपमा अस्पताल सञ्चालन गर्दै आएका व्यक्ति पक्राउ

दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एन्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी

औषधि व्यवस्था विभागको टोलीले रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी गरेको छ।