नेपालमा आँखा उपचार करिब पाँच दशकअघि वीर अस्पतालबाट शुरू भएको हो। हाल देशभर फैलिएका ‘डेडिकेटेड’ अस्पतालमा आँखाको शल्यक्रिया गर्ने नेपालीभन्दा विदेशी धेरै छन्। आँखा उपचारमा लामो फड्को कसरी सम्भव भयो?
बर्सेनि हात्ती, गैँडालगायत जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पदंशबाट हुन्छ। तर चिकित्सक नै उपचारमा अभ्यस्त नहुँदा र सर्पदंश केन्द्र पुर्याउन ढिला हुँदा धेरै बिरामीको ज्यान बाटोमै जान्छ।
रक्तसञ्चार केन्द्रले रगत संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाएको छ।
डेंगी संक्रमण चुनौतीका रूपमा देखापरेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। सन् २०२५ जनवरीयता सुदूरपश्चिम प्रदेशका १६७ जनामा डेंगी संक्रमण देखिएको छ।
वर्षौंदेखि औषधिको मूल्य निर्धारण प्रणाली बिथोलिँदा नवीकरणका नाममा औषधि व्यवस्था विभागका महानिर्देशकले अपारदर्शी र मनोमानी रूपमा मूल्य घटबढ गराइरहेका छन्, जसको मारमा छन् बिरामी।
महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा सरकारले लगाउँदै आएको कर हटाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
ईडीसीडीका अनुसार जनवरी १ देखि जुन ८ सम्ममा डेंगीका एक हजार २५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ।
अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी लिंग परिवर्तन शल्यक्रिया सेवालाई विस्तार गर्ने जनाएको छ।
संक्रमण फेला परेको गोठको ५०० मिटर आसपासका किसानले पालेका १५० भन्दा बढी गाईवस्तुमा पशु प्राविधिक टोलीले ‘रिङ भ्याक्सिन’ लगाउने गरेको छ।
सिकलसेल भएका युवायुवतीको रगत परीक्षण गरेर मात्रै विवाह गर्नुपर्ने सुझाव समुदायमा दिँदै आइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले बताए।
तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोरोना संक्रमण देखिएको र उनीहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको स्वास्थ्य आपत्कालीन केन्द्रका सूचना अधिकारी हेमराज जोशीको भनाइ छ।
भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य संस्थामा पोषण प्याकेज दिन थालेपछि दलित तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षणका लागि आउन थालेका छन्।
सरकारले दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिन डेढ दशकअघि शुरू गरेको टेलिमेडिसिन कार्यक्रम प्रदेशमातहत गएपछि अलपत्र छ। संघीय सरकारबाट बर्सेनि गइरहेको बजेट खर्चको एकीकृत अभिलेख पनि छैन।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएका तीन अंगमध्ये एक जना बिरामीमा मिर्गौला र कलेजो तथा अर्का बिरामीमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको जनाएको छ।
सिकलसेल एनिमिया र थालासेमियाका बिरामीलाई दिइने खोप भेरी अस्पतालको स्टोरमा थन्किएको छ। स्वास्थ्यमन्त्री नेपालगन्ज जाने भएपछि उनीबाटै हस्तान्तरण गर्ने हतारोले निर्देशिका नबनाई खोप पठाउँदा थन्किएको हो।
सन् २०३० सम्ममा एचआईभी/एड्सको केन्द्रीकृत महामारी अन्त्य गर्ने लक्ष्य राखेको नेपाललाई त्यसमा भरथेग गरिरहेको अमेरिकी सहायता नै रोकिएपछि ठूलो धक्का पुगेको छ।
सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि पाँच वर्षमुनिको मृत्युदर २० प्रतिहजार जीवित जन्मभन्दा कममा झार्ने लक्ष्य रहेको छ।
सडक मार्गनजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन्। तर अस्पतालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चासो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ।