AnonymousUser

Logout

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै १ वर्षमा ७ जनाको कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकले स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गरेको आइतबार एक वर्ष पुगेको छ भने, यो अवधिमा सात वटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छन्।

काठमाडौँमा १ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौँमा एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ।

चिकित्सक अभावले धौलागिरि अस्पतालमा उपचार प्रभावित

धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ।

चीनबाहिर पनि फैलिँदै एचएमपी भाइरस, स्वास्थ्य मन्त्रालय भन्छ– नेपालका लागि नयाँ होइन

चीनलगायत केही मुलुकमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरसले अर्को महामारीको रूप लिन सक्ने आशंका सामाजिक सञ्जालमा भइरहँदा विज्ञहरूले त्रसित हुन नपर्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयले भन्यो– एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन

एचएमपीभी, एम्प्क्सलगायत संक्रामक रोगमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। 

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

‘आरओपी’को जोखिम समयअगावै जन्मिएका बच्चामा देखिन्छ। समयअगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेसलिस्ट डा. इली प्रधानको भनाइ छ।

विश्व ब्रेल दिवस: विश्वका १ अर्ब मानिसमा दृष्टिसम्बन्धी समस्या

सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमका रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो। 

फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा

फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव चिकित्सक दिन्छन्।

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

शहीद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेश सरकार

सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद परिवारको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ।

स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, अब नमूना भारत पुर्‍याउनुपर्ने बाध्यता हट्ने

स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ। यसअघि परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो।

थप एक नेपालीमा मंकीपक्स पुष्टि

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदीबाटै फर्किएका थिए।

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन गरेको छ।

बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

गत साउनदेखि अहिलेसम्म दुई वर्षमुनिका कुपोषण भएका एक हजार ५८८ बालबालिका फेला परेका हुन्।

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन मन्त्रीलाई सुझाव

मन्त्री पौडेलले निर्वाह भत्तामा आवासीय चिकित्सकको असन्तुष्टि समाधान गर्न सुझाव दिन कार्यदल गठन गरेका थिए।

बर्दिवास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश

कलेजका लागि प्रस्तावित जग्गा, त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो।

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको पत्र

मन्त्रालयले मातहतका कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ।

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस्तो आग्रह गरेका हुन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन शुरू

संघीय सरकारबाट यस वर्ष एमबीबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन शुरू गरेको हो।