स्वास्थ्य संस्थामा पोषण प्याकेज दिन थालेपछि दलित तथा मुसहर समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षणका लागि आउन थालेका छन्।
सरकारले दुर्गमका जनतालाई स्वास्थ्य सेवा दिन डेढ दशकअघि शुरू गरेको टेलिमेडिसिन कार्यक्रम प्रदेशमातहत गएपछि अलपत्र छ। संघीय सरकारबाट बर्सेनि गइरहेको बजेट खर्चको एकीकृत अभिलेख पनि छैन।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिएका तीन अंगमध्ये एक जना बिरामीमा मिर्गौला र कलेजो तथा अर्का बिरामीमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको जनाएको छ।
सिकलसेल एनिमिया र थालासेमियाका बिरामीलाई दिइने खोप भेरी अस्पतालको स्टोरमा थन्किएको छ। स्वास्थ्यमन्त्री नेपालगन्ज जाने भएपछि उनीबाटै हस्तान्तरण गर्ने हतारोले निर्देशिका नबनाई खोप पठाउँदा थन्किएको हो।
सन् २०३० सम्ममा एचआईभी/एड्सको केन्द्रीकृत महामारी अन्त्य गर्ने लक्ष्य राखेको नेपाललाई त्यसमा भरथेग गरिरहेको अमेरिकी सहायता नै रोकिएपछि ठूलो धक्का पुगेको छ।
सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि पाँच वर्षमुनिको मृत्युदर २० प्रतिहजार जीवित जन्मभन्दा कममा झार्ने लक्ष्य रहेको छ।
सडक मार्गनजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन्। तर अस्पतालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चासो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ।
स्वास्थ्यमन्त्रीले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन्।
ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यावसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्त्वपूर्ण व्यावसायिक उपलब्धि र दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ।
नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको स्वास्थ्य मन्त्रालयले एक दशकअघि गरेको अनुसन्धानले देखाएको थियो।
कोरोना महामारीको समयमा गरिएका गल्तीहरू नदोहोर्याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले ऐतिहासिक सम्झौतामा विश्व स्वास्थ्य संगठनका सदस्य मुलुकहरू सहमत भएका छन्।
हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ बमोजिम जरिबाना गराइएको हो।
ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० वर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ।
हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा मातृ र नवजात शिशु मृत्यदर घटाउन नेपालको सफलता उल्लेख छ।
नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साबिक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह थालिएको छ।
स्वास्थ्य बिमा बोर्डले आइतबार पत्रकार सम्मेलनमार्फत स्थितिपत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय दिगोपना कायम राख्न कठिन देखिएको जनाएको छ।
समुदायमाझ अटिजमबारे बुझाउने उद्देश्यले विश्व अटिजम जागरुकता दिवसको अवसरमा अभानी फाउन्डेशनले ललितपुर पाटनमा नाटक र नाचगान प्रदर्शन गरेको छ।
अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउने गरिन्छ।
मधेशमा हालसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ। तीमध्ये १७ वटा मात्रै मापदण्डअनुसारका पाइएका छन्।
प्रयोगशालाका लागि मेसिन किन्ने जिम्मा निश्चित कम्पनीलाई दिनेगरी शर्त राखेर स्वास्थ्य सेवा विभागले बोलपत्र मागेको छ। ती शर्तका कारण भविष्यमा प्रयोगशाला सञ्चालन खर्चसमेत बढ्ने व्यवसायी बताउँछन्।