अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।
सीटीभीएस तथा न्युरो सर्जनको अभाव जेन–जी आन्दोलनले फेरि उजार गरेको छ। विशेषज्ञ सर्जन नहुँदा देशकै ठूला अस्पताल पुगेपछि पनि समयमै उपचार नपाएर कतिपय घाइतेको ज्यान गयो।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको स्वास्थ्यमन्त्रीमा मिश्राको नाम पनि चर्चामा आएको थियो। तर अख्तियारले उनीमाथि छानबिन गरिरहेकाले तत्काल उनको नियुक्ति रोकिएको थियो।
बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर जस्ता कडा रोग लागेका बिरामीलाई एकपटक रिफर गरिसकेको अवस्थामा सोही अस्पतालमा उपचार गर्न जाँदा पुनः रिफर नचाहिने जनाएको छ।
प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ।
परिवार कल्याण महाशाखाका अनुसार खोप अभियान पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि शुरू भई तिहारअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
विभागले बालबालिकाका लागि प्रयोग हुने कुनै पनि औषधि चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ।
निरन्तर वर्षाका कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
नेपालीको औसत आयु बढ्दै र जन्मदर घट्दै जाँदा ज्येष्ठ नागरिकको संख्या बढ्दो छ। तर, यो जनसंख्याका लागि अत्यावश्यक विशिष्ट स्वास्थ्य सेवा, पूर्वाधार र जनशक्ति निर्माणमा भने सरकार उदासीन देखिन्छ।
चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन्। मासु आफैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ।
७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी बस्तीबाट बर्थिङ सेन्टर पुग्न जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने अवस्था छ।
वीरगन्जमा हालसम्म हैजाका २३६ जना बिरामी उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। चार जना आईसीयूमा र एक जना एचडीयूमा उपचाररत छन्।
आन्दोलनका दृश्यले निद्रा नलाग्ने, डर लाग्ने, तनाव बढ्ने र दैनिक जीवनशैली अस्तव्यस्त हुनेजस्ता समस्या लिएर धेरै मानिसहरू मनोचिकित्सकको सम्पर्कमा पुगेका छन्।
जेनजीको आन्दोलनका गम्भीर घाइतेलाई कम्मरभन्दा माथि- टाउको, घाँटी, छाती र पेटमा गोली लागेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। यस्ता घाइते अपांग हुने सम्भावना धेरै छ।
ट्रमा सेन्टर, सिभिल र शिक्षण अस्पतालमा घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, गोली लागेर अधिकांश घाइतेको रक्तनली चुडिएको, टाउको र छातीमा चोट लागेको र हड्डी भाँचिएको छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।
महानगरको ३२ वटै वडामा डेंगीका बिरामी बढिरहेकाले यसले महामारीको रूपसमेत लिन सक्ने भन्दै महानगर स्वास्थ्य विभागले सचेत रहन आग्रह गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।