AnonymousUser

Logout

बालबालिकालाई स्वर्णभस्म खुवाउने अभियान रोक्न पेडियाट्रिक सोसाइटीकोआग्रह

बालबालिकामा यसको प्रभावकारिता प्रमाणित नभएको, गुणस्तरबारे स्पष्टता नपाइएको र स्वास्थ्यमा जोखिम ल्याउन सक्ने भन्दै अभियान अघि नबढाउन सोसाइटीले आग्रह गरेको छ।

वीरगन्जमा झाडापखालाको लक्षण देखापरेका २ जनाको मृत्यु

वीरगन्जमा शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएको थियो।

वीरगन्जमा हैजा संक्रमण नियन्त्रणका लागि टोली खटाइयो

पर्साको वीरगन्जमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ।

डेंगी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान

पछिल्लो समय डेंगीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गरेको छ।

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि मापदण्ड जारी

मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने मन्त्रालयको विश्वास छ।

चितवनका ३ जनामा जापानिज इन्सेफलाइटिस

बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। जसमध्ये एक जना सिन्धुली र तीन जना चितवनका छन्।

दुखाइ नियन्त्रण उपचारको बेलगाम धन्दा

दुखाइको उपचार गर्ने भन्दै खुलेका अस्पताल तथा क्लिनिकमा योग्यताबिनाका जनशक्तिले नामअघि 'डाक्टर' लेखेर उपचार गर्दा बिरामीको पैसा मात्र बर्बाद भइरहेको छैन, स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ।

कुखुरामा देखियो ‘चिकेन एनेमिया’ भाइरस

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनले अध्ययनका क्रममा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि भएको छ। चितवनसहितका जिल्लामा पालिएका कुखुरामा यो रोग देखिएको हो।

भरतपुर आँखा अस्पतालमा उपचार गर्न आउनेमध्ये ९० प्रतिशत भारतीय बिरामी

भारतीय सीमाबाट १०० किलोमिटर टाढासम्मका बिरामीहरू आँखाको उपचारका लागि भरतपुर आँखा अस्पतालमा आउने गर्छन्।

कर्मचारीको आन्दोलनले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको फार्मेसी सेवा ठप्प

फार्मेसीमा कार्यरत २२ जना कर्मचारी तलब तथा सेवासुविधा माग गर्दै धर्ना बसेका छन्। चौबीसै घण्टा सञ्चालन हुने फार्मेसी सेवा बन्द हुँदा बिरामी औषधि सेवाबाट वञ्चित भएका छन्।

स्वास्थ्यमन्त्री पौडेलका एक वर्षः प्रचारमा रमाए, अवसर गुमाए

स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नीतिगत सुधारभन्दा प्रचारमुखी काममा व्यस्त हुँदा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अवसर मात्र गुमाएका छैनन्, नागरिकलाई सास्तीको निरन्तरतामै अल्झाएका छन्।

कोशीमा ३ हजारभन्दा बढी डेंगी संक्रमित, ३ जनाको मृत्यु

कोशी प्रदेशअन्तर्गत पहाडी जिल्लामा डेंगी संक्रमित न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।

सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव

आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या देखिएको भए सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

पश्चिम नवलपरासीमा फैलिँदै लम्पीस्किन संक्रमण

नवलपरासीमा असारदेखि लम्पीस्किन संक्रमण देखा परेको हो। बर्दघाटमा देखिएको संक्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ।

संसारमा ५० जनामा मात्रै देखिएको दुर्लभ रोगको उद्गम बिन्दु नेपाल

विश्वका अन्य देशका ३६ जनामा देखिएको वंशाणुगत त्रुटिसम्बन्धी रोग नेपालका मात्र थप १४ जनामा देखिएको छ। यो रोग एउटै देशमा यति धेरै संख्यामा पत्ता लागेको पहिलोपटक हो।

संघीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परीक्षण अनिवार्य

संघीय अस्पतालहरूमा उपकरणको यकिन विवरण नहुँदा र धेरै उपकरण बिग्रिएर थन्किएको पाइएपछि स्वास्थ्य मन्त्रालयले अब ती उपकरणको अनिवार्य लेखा परीक्षण गर्ने निर्णय गरेको छ।

आजदेखि अस्पतालका नियमित सेवा सञ्चालन

नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि आजदेखि देशभरका अस्पतालले नियमित सेवा सञ्चालन गरेका हुन्।

आन्दोलनबारे अनभिज्ञ बिरामीको गुनासो: ‘चिकित्सक दायित्वबाट पन्छिन खोजे’

चिकित्सक संघले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन थालेकोबारे अस्पताल पुगेपछि मात्र थाहा पाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन

स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शय्यामा विस्तार

निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।