AnonymousUser

Logout

शिशु जन्मनासाथ श्रवणशक्तिको परीक्षण अनिवार्य

स्वीकृत निर्देशिकाअनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाले प्रारम्भिक रूपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए/नभएको परीक्षण गर्नुपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए।

चुरोट सेवन गर्नेलाई ३ गुणा बढी हृदयाघातको जोखिम

चुरोट पिउने मानिसमा हृदयाघातको सम्भावना बढी हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन्। अहिले युवा अवस्थामै चुरोट सेवन गर्नेक्रम बढेसँगै हृदयाघातका घटना पनि बढिरहेका छन्।

निजी फार्मेसीमा टीड्याप खोपको चर्को मूल्य, औषधि विभागमा दर्ता नै छैन

अमेरिका, क्यानडा र युरोपका केही देशमा जुनसुकै प्रयोजनका लागि जाँदा पनि टीड्याप खोप लगाएको प्रमाण पेस गर्नुपर्छ। तर नेपालमा सरकारी तवरबाट यो खोप उपलब्ध नहुँदा निजी फार्मेसीको मनोमानी छ।

सातै प्रदेशमा पुग्यो एचपीभी खोप

माघ २२ देखि फागुन ६ गतेसम्म देशभर कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइँदै छ।

एचएमपी भाइरसबारे स्वास्थ्य मन्त्रालयले अध्ययन गर्ने

इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलो पटक अध्ययन गर्न लागेको जनाएको छ।

स्वास्थ्य बीमाका लागि अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

स्वास्थ्य बीमा ऐन, २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले हरेक तहमा कम्तीमा एउटा सेवाप्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।

बिरामीलाई अर्को अस्पतालमा रेफर गर्नेसम्बन्धी निर्देशिका जारी

निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपुर्‍याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ।

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकबाटै १ वर्षमा ७ जनाको कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकले स्वतन्त्र रूपमा कलेजो प्रत्यारोपण गरेको आइतबार एक वर्ष पुगेको छ भने, यो अवधिमा सात वटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छन्।

काठमाडौँमा १ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौँमा एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ।

चिकित्सक अभावले धौलागिरि अस्पतालमा उपचार प्रभावित

धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ।

चीनबाहिर पनि फैलिँदै एचएमपी भाइरस, स्वास्थ्य मन्त्रालय भन्छ– नेपालका लागि नयाँ होइन

चीनलगायत केही मुलुकमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरसले अर्को महामारीको रूप लिन सक्ने आशंका सामाजिक सञ्जालमा भइरहँदा विज्ञहरूले त्रसित हुन नपर्ने बताएका छन्।

स्वास्थ्य मन्त्रालयले भन्यो– एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन

एचएमपीभी, एम्प्क्सलगायत संक्रामक रोगमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु उचित हुने भएकाले व्यक्तिगत सुरक्षाका उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ। 

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

‘आरओपी’को जोखिम समयअगावै जन्मिएका बच्चामा देखिन्छ। समयअगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेसलिस्ट डा. इली प्रधानको भनाइ छ।

विश्व ब्रेल दिवस: विश्वका १ अर्ब मानिसमा दृष्टिसम्बन्धी समस्या

सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमका रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो। 

फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा

फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव चिकित्सक दिन्छन्।

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

शहीद परिवारका लागि स्वास्थ्य बिमा गर्दै मधेश सरकार

सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीद परिवारको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ।

स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, अब नमूना भारत पुर्‍याउनुपर्ने बाध्यता हट्ने

स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ। यसअघि परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो।

थप एक नेपालीमा मंकीपक्स पुष्टि

गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो। उनी पनि साउदीबाटै फर्किएका थिए।