त्रिवि शिक्षण अस्पतालले दैनिक खर्च आन्तरिक स्रोतबाटै व्यहोर्नुपर्ने र बीमा कार्यक्रमबाट मासिक दुई करोड रुपैयाँ घाटा हुने भएपछि सेवा बन्द गर्नुपरेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए।
देशमा कति मनोपरामर्शदाता छन् र कुन पद्धतिबाट अभ्यास गरिरहेका छन् भन्ने न तथ्यांक छ, न त गलत अभ्यासबाट भइरहेको क्षतिको लेखाजोखा। कतिपयले त ‘म्युजिक थेरापी’का नाममा पनि ठगिरहेका छन्।
रोग परीक्षणबाटै शुरू हुने बिरामीको खर्च औषधि, शल्यक्रिया गर्नुपर्दा सर्जिकल सामग्री, इम्प्लान्ट, पेसमेकर, स्टेन्टजस्ता उपकरणसम्म पुग्छ। यी कुनैको गुणस्तर जाँच नहुँदा बिरामी जोखिममा छन्, लुट मौलाएको छ।
जब शरीरबाट भाइरस नै हराइसक्यो वा पीसीआर रिपोर्टमा कोभिड-१९ नेगेटिभ देखाइसक्यो, तर शरीरले किन युद्ध सकिएको संकेत दिँदैन?
सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको रकम रोकिँदा आर्थिक संकट निम्तिएको अस्पतालले जनाएको छ।
फाउल पोक्स संक्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ।
चिसो बढेसँगै बिरामीको चाप बढ्दै गए पनि उनीहरूलाई राख्ने ठाउँ नहुँदा केन्द्रबाहिरै राखेर उपचार भइरहेको सहायक इन्चार्ज विमला पाण्डेले जानकारी दिइन्।
सरकारले २०६६ सालमा पालिकाको क्षमताअनुसार क्रमशः पाँच, १० र १५ शय्या क्षमताका आधारभूत अस्पताल दुई वर्षभित्र बनाउने घोषणा गरेको थियो।
रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर अस्पतल पुग्नेमध्ये ८० प्रतिशत बिरामी १० वर्ष मुनिका बालबालिका रहेका छन्।
विशेषज्ञ चिकित्सक अभाव भएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट प्रदान भइरहेको कलेजो प्रत्यारोपण सेवा रोकिएको छ।
तिलगंगा आँखा प्रतिष्ठानले करिब पाँच हजार जनालाई समेटेर गरेको ‘काठमाडौँकेन्द्रित आँखा अध्ययन’ले नसर्ने रोगबाट पीडित व्यक्तिमा आँखामा हुने समस्याको जोखिम बढी हुने देखाएको छ।
प्रसूति सेवा बन्द हुँदा म्याग्दीसहित मुस्ताङ, पर्वतको जलजला र बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्। प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने अवस्था आएको छ।
भोजपुर अस्पताल भौतिक रूपमा सुविधासम्पन्न भए पनि जनशक्ति अभावका कारण समय र पैसा खर्च गरी धरान, विराटनगर, काठमाडौँका अस्पताल धाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन।
बाल तथा मातृस्वास्थ्य सुधार गर्न वैदेशिक सहायतामा चलेका पोषणसम्बन्धी कार्यक्रम अचानक बन्द भएपछि नवजात शिशु र आमा जोखिममा परिरहँदा सरकारले ती कार्यक्रमलाई निरन्तरता दिन सकेको छैन।
आँखा शिविरमा १ हजार ६०० भन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्। तीमध्ये २०५ जनाको मोतियाबिन्दु र चार जनाको साधारण शल्यक्रिया गरिएको हो।
मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ।
दिवसका अवसरमा ‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम हुने जनाइएको छ।
आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम तथा अन्धोपनाबाट धेरैभन्दा धेरै जनसंख्यामा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।
कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकी कार्य योजनासहितको प्रतिवेदन बुझाउने जनाएको छ।
नेपालमा दर्ता नभएका एन्टिबायोटिक आयात गर्न किर्ते कागजात बनाउने व्यवसायी हेमराज बडाल प्रहरी अनुसन्धानमा छन्। तर ती औषधि भित्र्याउँदा कारबाही नचलाउने सरकारी अधिकारी अनुसन्धानको दायरामै छैनन्।