स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ।
निरन्तर वर्षाका कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
नेपालीको औसत आयु बढ्दै र जन्मदर घट्दै जाँदा ज्येष्ठ नागरिकको संख्या बढ्दो छ। तर, यो जनसंख्याका लागि अत्यावश्यक विशिष्ट स्वास्थ्य सेवा, पूर्वाधार र जनशक्ति निर्माणमा भने सरकार उदासीन देखिन्छ।
चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन्। मासु आफैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ।
७९ वर्षीया गोमा भण्डारीले मिर्गौला दिएर ४६ वर्षीया छोरी सीतालाई दोस्रो जन्म दिएकी छन्। चिकित्सकले सामान्यत: ६५ वर्षभन्दा माथिलाई उपयुक्त दाता मान्दैनन्, तर मातृत्वले उमेर र जोखिम दुवैलाई जित्यो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी बस्तीबाट बर्थिङ सेन्टर पुग्न जोखिमपूर्ण कच्ची बाटो पार गरेर जानुपर्ने अवस्था छ।
वीरगन्जमा हालसम्म हैजाका २३६ जना बिरामी उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्। चार जना आईसीयूमा र एक जना एचडीयूमा उपचाररत छन्।
आन्दोलनका दृश्यले निद्रा नलाग्ने, डर लाग्ने, तनाव बढ्ने र दैनिक जीवनशैली अस्तव्यस्त हुनेजस्ता समस्या लिएर धेरै मानिसहरू मनोचिकित्सकको सम्पर्कमा पुगेका छन्।
जेनजीको आन्दोलनका गम्भीर घाइतेलाई कम्मरभन्दा माथि- टाउको, घाँटी, छाती र पेटमा गोली लागेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। यस्ता घाइते अपांग हुने सम्भावना धेरै छ।
ट्रमा सेन्टर, सिभिल र शिक्षण अस्पतालमा घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, गोली लागेर अधिकांश घाइतेको रक्तनली चुडिएको, टाउको र छातीमा चोट लागेको र हड्डी भाँचिएको छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ ।
महानगरको ३२ वटै वडामा डेंगीका बिरामी बढिरहेकाले यसले महामारीको रूपसमेत लिन सक्ने भन्दै महानगर स्वास्थ्य विभागले सचेत रहन आग्रह गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।
बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई मेडिकल नोटमा परिवर्तन गर्ने एआई उपकरण ‘माई क्लिनिको’ दमक बाल अस्पतालमा प्रयोग भइरहेको छ। त्यसलाई भित्र्याउने चिकित्सक हुन् डा. प्रकाश पौडेल।
चोक र बाटोतिरै दिसापिसाप फ्याँक्ने, इनार खुला राख्ने, झिँगा भन्किएका खानेकुरा बेच्नेजस्ता कारण काठमाडौँलगायत ठाउँमा २०१५ सालमा फैलिएको हैजा नियन्त्रण गर्न सरकारलाई हम्मे परेको थियो।
प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन्।
वीरगन्ज महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीन तहकै सरकारले प्रयास जारी राखे पनि हैजा संक्रमतिको संख्या घटेको छैन।
मस्तिष्क मृत्यु भएको एक व्यक्तिबाट प्राप्त मिर्गाैला र कलेजो एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको केन्द्रले जनाएको छ।
सेन्टरमा यसअघि माइक्रोस्कोपिक सर्जरी (थोरै चिरेर गरिने शल्यक्रिया) हुने गर्दथ्यो। अब इन्डोस्कोपिक अर्थात दुरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुने छ।
नारायणी अस्पतालमा हैजाका बिरामीको चाप बढेको छ। अस्पतालमा उपचारका लागि शय्या र जनशक्ति दुवैको अभाव भएको छ।