आजको मौसम : उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ।

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ।
जसका कारण हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो भने तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ। देशका उच्च पहाडी र हिमाली भूभागमा साधfरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

साथै, तराई भूभागमा मुख्यतया सफा रहने छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यस्तै, आज राति तराई भूभागका केही स्थानमा तुवाँलो लाग्ने छ भने देशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने महाशाखाको भनाई छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।