भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।
घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने बसमा आगो लगाइदिएका छन्।
आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको छ। यहाँको हरियाली अब फाट्टफुट्ट मात्रै देख्न सकिन्छ।
हुम्ला, मुगुलगायत हिमाली जिल्लामा पनि लागुऔषध ओसारपसारको जालो फैलिन थालेपछि लालटिन अभियानमार्फत गाउँ–गाउँमा जनचेतना फैलाउन थालिएको छ।
हात्तीको हुल नै सडकमा निस्किएपछि बेलबारी–११ लक्ष्मीमार्गको केशलिया पुलमा बिहीबार साँझ सडक जाम भएको थियो। हात्तीले बाटो क्रस गर्ने क्रममा सवारीधनीको भागाभाग भएको थियो।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भूकम्पको डरत्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालयमा उपस्थित भएको केही समयमै घर फर्किन खोज्नेजस्ता समस्या विद्यार्थीमा देखिएको प्रधानाध्यापक दीपकसंगम थापाको भनाइ छ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समितिलाई चुरे संरक्षणका लागि दीर्घकालीन समाधानका उपाय खोजेर काम गर्न निर्देशन दिएका छन्।
इलाममा माछा मार्ने क्रममा एक जना युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
झापाको हल्दिबारीस्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वनको जंगली हात्तीले कुल्चेर मृत्यु भएको छ।
जाजरकोटमा ३४ हजार ४९८ घरमा भूकम्पले क्षति पुर्याएको प्रारम्भिक विवरण छ। तीसमध्ये नौ हजार ७९४ घरमा पूर्ण र २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ।
चन्द्रनगर गाउँपालिकाको गाउँसभा नहुँदा शिक्षक एवं कर्माचारीको तलब चार महिनादेखि रोकिएको छ। शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर धर्नामा बसेका छन्।
पदमार्गका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ। नेपालमा मात्र पाइने काँडेभ्याकुर पनि देख्न सकिन्छ।
देशभर नै तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेवानि र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको प्रतिवेदन आएको बताएका छन्।
मकवानपुरमा मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
प्रदेशगत रूपमा वयस्क पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबैभन्दा बढी बागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेशमा रहेको छ।
बाजुराको हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको बोलेरो जिप धुलाचौर बजारनजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
घटना कमजोर बनाउन पीडितका अभिभावकले नै पीडकका आफन्तबाट ५० हजार रुपैयाँ बुझेको र बालिकालाई यातना दिई कोठामा थुनेको सूचना पाएपछि प्रहरीले बालिकासँगै अभिभावकलाई पनि झिकाएको थियो।
उद्धारपछि यही मंसिर ११ गते उनी घर आइपुगेकी हुन्। घर आइपुगेपछि उनले ओमानको कालकोठरीबाट बाँचेर आएको बताइन्।