परराष्ट्र मन्त्रालयले रुसी सरकारलाई मृतकहरूको शव यथाशीघ्र नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गर्नुका साथै सेनामा भर्ना भएका नेपालीहरूलाई तत्काल फिर्ता पठाउन आग्रह गरेको छ।
काठमाडौँ जिल्ला अदालतले राज्यविरुद्धको मुद्दामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित चार जनालाई पक्राउ गर्न पुर्जी जारी गरेको छ।
भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि क्षेत्र छुट्टाइ काम गर्न दिए उपलब्धि देखाउन सकिने र काम पनि राम्रो हुने सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालको भनाइ छ।
बागलुङ निसीखोला र पूर्वीरूकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
केही दिनयता मोरङ, सुनसरी र झापाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाइसकेका छन्।
अत्यधिक पानी र हिउँका कारण सडक अवरुद्ध भई दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री अभाव हुन्छ कि भन्ने चिन्ता बढेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताए।
तिहारमा बिक्री गर्ने भनेर भण्डारण गरिएका फूल बिक्री भएनन् र अहिले कुहिन थालेपछि नष्ट गरिएको हो।
माैसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन्।
लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि स्थापनामा गरिएको जटायु (गिद्ध) रेस्टुराँका कारण गिद्धको संख्यामा वृद्धि भएको छ।
लुम्बिनी लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कोप–२८ सम्मेलनका क्रममा आफूहरूले विश्वभर नेपालको चर्चा गराउन सफल भएको दाबी गरे।
देशका विभिन्न स्थानमा आइतबार पाँच जना मृत अवस्थामा फेला परेका छन्।
नेपाल एयरलाइन्सको ट्विनअटर विमान मुगुस्थित रारा विमानस्थलमा ग्राउन्डेड भएको छ।
अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र चाउथे क्षेत्रका स्थानीयमा फोहोरका कारण विभिन्न स्वास्थ्य समस्या आउन थालेको छ। खेतबारीमा उब्जनीसमेत हुन छाडेको छ।
लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भाङ्ग्रा, कोटलगायत सामग्री बनाउन मात्र प्रयोग गरिने अल्लोबाट हिजोआज झोला, गलबन्दी, जुत्ताचप्पल, कोटपाइन्ट, जुहारी कोटलगायत सामान बन्ने गरेका छन्।
गोरखाको शहीद लखन गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्याएकाले मेलम्चीको पानी काठमाडौँ पठाउन केही समय लागेको मन्त्री यादवको भनाइ छ।