राजतन्त्र फर्काउने र २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने भन्दै विभिन्न जिल्लाबाट महिलालाई आन्दोलनमा ल्याएका दुर्गा प्रसाईंले महिलाविरुद्ध नै बारम्बार असंवेदनशील टिप्पणी गर्ने गरेका छन्।
कुशे गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ।
बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
१९५ देशका प्रहरीले सहभागिता जनाएको प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको हो।
सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि पनि सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।
प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाइनेछ।
घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुंगा हिमशृंखला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थलका रूपमा परिचित छ।
धरानबाट पोखरातर्फ गइरहेको बस बुधबार बिहान सडकबाट अनियन्त्रित भई खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ महानगरको स्वास्थ्य विभागका अनुसार मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन। कसैले बिक्री गरेको भेटिए नगर प्रहरीमार्फत त्यस्ता सामग्री जफत गरिने छ।
झापाको गौरादह–२ मा मंगलबार सिटी रिक्सा र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
काठमाडौँवासीले एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन थाल्ने बताएका छन्।
सडकको सौन्दर्य गुमेको, दुर्घटना बढाएको र मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि नगरभित्रका सडक किनारमा जथाभाबी खन्न प्रतिबन्ध लगाइएको गौर नगरप्रमुख शम्भु साहले जानकारी दिए।
आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति उपचारका क्रममा मृत्यु भएको छ।
प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि चितवनको माडीस्थित वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ।
२०५८ सालमा सञ्चालनमा आएको भुर्षा सिँचाइ नहर मर्मतमा पछिल्लो समय सरकारले बजेट विनियोजन गरेको छैन। त्यसैले किसान आफैँ मर्मत तथा सरसफाइमा जुटेका छन्।
भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको भीड नै लागेको छ।