AnonymousUser

Logout

कस्तो रहनेछ मंगलबारको मौसम?

देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

उपरथीमा बढुवा भएका सिलवालले लगाए दर्ज्यानी चिह्न

प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका सहायक रथी नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

भूकम्प प्रभावित बसेको बस्ती हटाउँदै डिभिजन वन

६ महिना रहने गरी उपलब्ध गराइएको स्थानमा पक्की घर निर्माण, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएकाले हटाउन लागिएको डिभिजन वन कार्यालय, चितवनले जनाएको छ।

शुभमन गिल गुजरात टाइटन्सको कप्तान नियुक्त

गुजरात टाइटन्सले आईपीएलका लागि शुभमन गिललाई कप्तान नियुक्त गरेको छ। २४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आईपीएल करियर शुरू गरेका थिए।

डिजिटल हिंसाले असन्तुलन बढ्यो: पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले डिजिटल राइटको नाममा डिजिटल हिंसा बढ्दा राज्य, प्रविधि र कानूनबीच असन्तुलन देखिएको बताएका छन्।

सुनसरीको रामधुनीका तत्कालीन उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

संखुवासभामा निर्मित २२० केभीको वसन्तपुर सबस्टेसन सञ्चालनमा

कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको हो। 

मकवानपुरबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई चितवन लगियो

दुई जनालाई आक्रमण गरेर ज्यान लिएको बाघलाई आइतबार राति डार्ट गरी नियन्त्रणमा लिइएको हो।

पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक बत्ती बाल्ने प्रविधि सञ्चालनमा

१० लाख रुपैयाँ लागतमा बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा यस्तो प्रविधिको जेब्रा क्रसिङ राखिएको हो।

रैथाने बाली प्रवर्धनमा उदाहरणीय गाउँपालिकाः विद्यार्थीलाई कोदोको खाजा, किसानलाई अनुदान र बजार सुनिश्चित

मकवानपुरगढी गाउँपालिकाले विद्यालयमा रैथाने बालीको खाजालाई अनिवार्य मात्र गरेको छैन, खेती गर्ने किसान र बजारीकरण गर्ने सहकारीलाई अनुदान पनि दिएको छ। जसकारण बाँझो जोतेर पनि कोदो लगाउन थालिएको छ।

बेलायत जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट, भाषाको समस्या हुँदा अधिकांश आवेदन रद्द

नर्सको छनोटका लागि आईएलटीएसमा सात अंक ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो।

जाजरकोट भूकम्प: चिसोबाट सुत्केरीको मृत्यु

भूकम्पले घर भत्काएपछि अस्थायी आवासको व्यवस्थापन हुन नसक्दा बिरामी, वृद्धवृद्धा तथा बालबालिकाले ज्यान गुमाइरहेका छन्।

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको हो।

हमासद्वारा बन्धकको तेस्रो समूह रिहा, अझै छुटेनन् विपिन

केही दिनअघि इजरायली सेनालाई उद्धृत गर्दै दूतावासले विपिन जोशी हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। तर उनको रिहाइको विषयमा भने नेपालको परराष्ट्र मन्त्रालय तथा दूतावासले केही जानकारी दिएको छैन।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

हाल देशमा माैसमी वायुको सामान्य प्रभाव रहेकाले धेरै वर्षाको सम्भावना नरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बजेट अभावले अलपत्र पर्‍यो भरतपुरको पुल्चोक–गोन्द्राङ ६ लेन सडक

भरतपुर महानगरको मुख्य बजार क्षेत्र नारायणगढमा नै सडक भत्काएर अलपत्र अवस्थामा रोकिएको छ। समयमा नै सडक विस्तारको काम नसकिँदा बजार क्षेत्रका व्यवसायी मर्कामा परेका छन्।

रामग्राम स्तूप उत्खननमा पुरातत्त्व अवशेष भेटियो : लुम्बिनी विकास कोष

रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा प्राचीनकालका संरचना भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

सवारी दुर्घटनाबाट खोसिँदै छ युवाको जीवन र सपना

विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि संसारका १३ लाख मानिसको जीवन सवारी दुर्घटनामै सकिन्छ जसको ९३ प्रतिशत नेपालजस्तै देशका नागरिक हुन्। ज्यान गुमाउनेमध्ये २५ वर्षमुनिका पुरुषको संख्या ७३ प्रतिशत छ।

ढुंगा प्रहारबाट एमाले नेता भट्टराई सवार गाडीमा क्षति

एमाले ताप्लेजुङले आयोजना गरेको चियापान कार्यक्रम सकेर फर्किने क्रममा नेता भट्टराईको गाडीमा ढुंगा प्रहार भएको प्रहरीले जनाएको छ।

पोर्चुगल र कुवेत पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

पक्राउ पर्नेमा रोल्पाका निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्।