संसदीय सुनुवाइ समितिले क्यानडाका लागि राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई र त्यसपछि क्रमश: कतार, साउदी र मलेसिया रहेका छन्। युरोपेली देशको आकर्षण पनि बढ्दै गएको छ।
पक्राउ परेका व्यक्ति गायब घटनामा धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश भएकामा तोकिएको जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा दुई प्रहरी कारागार चलान भएका हुन्।
स्वास्थ्यमन्त्री बस्नेतले ऐनविपरीत सञ्चालित शिक्षालयलाई दण्डित गर्नुको सट्टा सम्बन्धन दिलाउन सरकारी निकायलाई दबाब दिएको आरोप लगाउँदै उनलाई तत्काल पदमुक्त गर्न डा. केसीले माग गरेका छन्।
युद्धविराम शुरू भएको तेस्रो दिनसम्म १४ जना थाई नागरिक रिहा भइसक्दा उनीहरूसँगै बन्धक बनाइएका भनिएका विपिन भने रिहा भएका छैनन्।
नगरवासीका अस्वाभाविक मृत्युको कारणमध्ये आत्महत्या प्रमुख रहेको पाइएपछि चितवनको माडी नगरपालिकाले अभियानकै रूपमा आत्महत्या न्यूनीकरणको कदम चालेको छ।
विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए। त्यहाँ पुगेको एक हप्तामै उनीमाथि गैरकानूनी भएको आरोप लागेको थियो।
यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज हुनेछ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज मिनाहाको आसमा देशका विभिन्न स्थानबाट प्रसाईंको ‘आन्दोलन’मा सहभागी हुन आएकाहरूलाई घरपरिवारबाट फर्किन दबाब आउन थालेको छ।
प्रदेश सरकारले १० करोड विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ भने एक अर्ब पुनर्निर्माणका लागि छुटाएको छ।
श्रमिक संघ–संगठनले जलवायु परिवर्तनको मारमा परेका श्रमिकका अजेन्डालाई पनि साथमै अगाडि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार ३४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको छ।
उदयपुरमा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल सरकारले लैंगिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियान र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पोखराको सहारा क्लबले तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार ५५५ रुपैयाँ जाजरकोट भूकम्पका पीडितलाई प्रदान गरेको छ।
मृत्यु हुनेमा ३२ वर्षीया राधा बुढा, नौ वर्षीय मानसिं बुढा तथा १८ महिनाका कार्तिक चन्द र सात वर्षीय कृष चन्द छन्।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिस भएको छ।
जाजरकोट भूकम्पबाट प्रभावित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन सरोकारवालाले गृह मन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएका छन्।