चितवनमा यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। ४.२६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।
आगलागीमा परेर घाइते भएका ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिंकी कामत र ६० वर्षीया रिता सरदारको उपचार भइरहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
समझदारीले कृषि क्षेत्रको अनुसन्धान, ज्ञान आदानप्रदान र नवीन प्रविधिको प्रयोगमार्फत नेपालका कृषकहरूले सामना गरिरहेका विभिन्न चुनौतीलाई सम्बोधन गर्ने समझदारी पत्रमा उल्लेख छ।
आरती साहका ससुरासँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ। यसअघि उच्च अदालत जनकपुरले ससुरा र श्रीमान्लाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
उपत्यकामै कार्यरत दुईजना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको प्रहरीले जनाएको छ।
नेपाल बाल संगठनले जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडित अनाथ तथा जोखिममा परेका बालबालिकालाई आफ्ना बालगृहमा व्यवस्थापन गर्न सक्ने बताएको छ।
काठमाडौँको न्युरोडबाट झन्डै ८ किलो सुनसहित पक्राउ परेका व्यापारीलाई प्रहरीले हुन्डी कारोबार गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ।
दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले कानूनीरूपमा कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ।
हिंसाको उजुरी लिएर सम्बन्धित निकायमा पुग्ने महिलाले कानूनी न्याय पाए पनि समाजको पितृसत्तात्मक सोचका कारण तिरस्कृत बन्नुपरेको छ। आर्थिक रूपमा कमजोर महिला हिंसा सहेर बस्न बाध्य छन्।
रुकुम, सोतीका गाउँलेले जाजरकोट, रानागाउँका नवराज विकलाई 'जात नमिलेपछि' विहे त गर्न दिएनन् नै, प्रेम गरेको बदलामा उनीसहित ६ युवाको ज्यानै लिए। शोकाकुल आमाहरूले त्यसको साढे तीन वर्षपछि न्याय पाएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सात किलो ८०० ग्राम सुन बरामद गरेको छ।
प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ।
कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका एक–दुई स्थानमा हल्का वर्षासमेत हुनेछ।
अपराधमा संलग्न अभियुक्तहरूलाई दलका नेता-कार्यकर्ताले नै नायकजस्तो शैलीमा स्वागत र सम्मान गर्ने विकृत अभ्यास कानूनी राजलाई चुनौती दिँदै संघीय राजधानी काठमाडौँदेखि जिल्लासम्म विस्तार भएको छ।
सुन्तला बेचेर केही आम्दानी गर्ने आशामा रहेका किसान औँसेकीराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेपछि चिन्तित बनेका छन्। पर्वतमा झन्डै ९०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गर्छ।
चिसोले जनजीवन कष्टकर बने पनि समयमा हिमपात हुँदा खेतीपातीका लागि टेवा पुग्ने स्थानीयको भनाइ छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको जलेर मृत्यु भएको छ। परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको छ।
सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा गत शुक्रबार बेपत्ता भएका थिए।
कोशी र लुम्बिनीसहित देशभरका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।