भ्रष्टाचारविरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यका साथ ‘नेपालगन्ज वाकाथन’ गर्न थालिएको आयोजकको भनाइ छ।
रौतहटमा ११ हजार केभिए प्रसारण लाइनको तार चुँडिएर करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ।
माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन्। ३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ।
आयोजना प्रवेश मार्गमा पर्ने ४५४ रोपनी जग्गाको मुआब्जा नपाएपछि स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्।
शनिबार बिहान फुङलिङ नगरपालिका–५ उकालीपानीस्थित लालबहादुर गुरुङको घरमा आगलागी भएको छ।
एक सातादेखि बढेको चिसोले बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्। अस्पतालमा बिरामीको संख्या पनि बढेको छ।
पोखरा महानगरपालिका–६ का वडा सदस्य दीपेन्द्र पहारीसहित चार जनालाई प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।
तराईमा बिहान लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि क्रमिक रूपमा हट्दै जानेछ।
संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ।
चार दिनबीचमा अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौँका तीन ठाउँबाट बरामद २५ किलो तस्करीको सुनले तस्करहरू सक्रिय बनेको देखाउँछ। प्रहरी भन्छ– यसमा नेपाली भरियालाई प्रयोग गरेका भारतीय व्यापारी छन्।
सरकारले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम र सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार राति रसुवाबाट काठमाडौँतर्फ आइरहेका तीन जनाको साथबाट दुई किलो सुन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
बिहीबार राति दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको सात थान सुन बरामद भएको थियो।
रुसी सेनामा छिरेका नेपालीहरू नौ महिना तालिममै बित्ने र त्यसपछि सीमा सुरक्षाको 'ड्युटी' गर्दै एक वर्षमा ‘पीआर’ पाइने प्रलोभनमा पर्दै छन्। तर पर्याप्त तालिमबिनै युद्धमा खटाइँदा उनीहरूको ज्यान जोखिममा छ।
समाजमा छोराछोरीबीच विभेद केही कम भए पनि पूर्ण रूपमा हटिनसकेकाले छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि ‘नगरकी छोरी’ कार्यक्रम शुरू गरिएको उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्।
बिहीबार राति फ्लाई दुबईको फ्लाइटबाट काठमाडौँ उत्रेका घलेलाई दुई–दुई किलोको सात वटा बिस्कुटसहित पक्राउ गरिएको विमानस्थलका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।
अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि चितवनमा ८७ वटा उजुरी परेका छन्।
देशभर नै तापक्रम घट्दो क्रममा रहेको र चिसो बढिरहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ।
विराटनगर महानगरले आगलागीमा परी घाइते भएकाहरूको उपचारका लागि जनही ५०/५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ।