कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकामा जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन्।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रुकुम पश्चिममा १६ हजार ३४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार ४९७ निर्माणाधीन छन्।
परियोजना निर्माणमा ११७ रुखले बाधा पुर्याउँदा सडक निर्माणमा ढिलाई भएको हो।
दातृ निकायमा संलग्न व्यक्तिबाट हुनसक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ प्रशिक्षण प्रदान गरिएको हो।
यो हप्ता, वैदेशिक रोजगारी र रोजगारीका नाममा हुने ठगी, नेपाली कार्गोमा अनधिकृत 'ईसीटीएस' शुल्क, पर्यटक उद्धारका नाममा नक्कली कागजात, अर्धवार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन लगायत 'हेडलाइन' बनेका छन्।
उपत्यका ट्राफिक प्रहरीले शुक्रबार काठमाडौँको नागढुंगामा जाँच गर्दा एकै दिन ७ जना पक्राउ परेका हुन्।
यो आरोपबारे मेयर सिंह भन्छन्, ‘मैले कुनै विदेशी नागरिकलाई नागरिकता दिलाउने काम गरेको छैन। यो विषय छानबिन गर्ने निकायमा पुगेकाले त्यहाँ म निर्दोष रहेको प्रमाण पेश गर्ने नै छु।’
२०६३ को हिउँदमा नेपालगन्ज र लहानबाट सल्केको ‘आगो’ २४ दिनसम्म मधेशभरि दनदनी बलेको थियो। मधेश विद्रोहमा तराई–मधेशका १३ जिल्लामा ३९ जनाले ज्यान गुमाए।
अहिलेको अवस्थाअनुसार दलितको समानुपातिक प्रतिनिधित्व पुग्न १२० वर्ष तथा महिलाको समानुपातिक प्रतिनिधित्व पुग्न १३६ वर्ष लाग्ने देखिन्छ।
जर्मनीको मुलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता भएकोमा पहिलो चरणमा ६ लाख कार्ड नेपाल भित्रिएको छ।
शिवसताक्षी नगरपालिका–१, ८, ९, १० र ११ का जंगलसँग जोडिएका गाउँमा हात्तीले आतंक मच्चाउँदै आएका छन्।
सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ। उनीहरूको अस्थायी आवासका लागि चार अर्ब ७५ लाख चाहिने अनुमान छ।
घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको थियो।
करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। तर, यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन।
२०५७ सालमा आएको बाढीले गाउँलेको जमिन बगरमा परिणत गरेको थियो। आफूलाई खान पुगेर अन्न बेच्ने परिङालबासीलाई त्यसयता भने संकट नै संकटले झेलिरहेको छ।
पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उनले रुस जान ७ लाख ३० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेका प्रहरीले जनाएको छ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै बिहीबार अदालतले लिखित जवाफ माग गरेको हो।
पीडित महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याएर भारतमा लगेर १० हजार भारुमा बेचेका थिए।