गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।
इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।
काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न सक्दैनन्। यसले किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।
नमूना परीक्षण गर्दा स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ पाइएकाले क्यान्डीको बिक्रीमा रोक लगाउनुपरेको महानगरको भनाइ छ।
देशभर चिसो अत्यधिक बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको घटना छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो।
नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १४८१ जनाले उजुरी दर्ता गराएका छन्। बागलुङमा मात्रै सहकारीले ८०० सेयर सदस्य र ३२०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले हिउँचितुवा मोरङको उर्लाबारीसम्म कसरी आइपुग्यो भन्ने विषयमा सीआईबी लगायतका निकायको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ।
विभागले अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउनसमेत अनुरोध गरेको छ।
सीआईबीले चौधरीले च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता गरेपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताएको छ।
शुक्रबारको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो। जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो।
सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो। त्यहाँ पुग्न पनि एक दिन पूरै लाग्ने गर्थ्यो। अहिले गाडीमा ४५ मिनेटमा पुगिन्छ। सडक यातायातको पहुँचसँगै निसी गाउँ सुगम बनेको छ।
बाँके नरैनापुरका किसानका लागि २०० बोरा मल संघीय सरकारबाट अनुदानमा प्राप्त भएको थियो। त्यसमध्ये १३० बोरा मल हराएको छ।
पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुनेछ। आयोजनाले ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रको कामलाई अगाडि बढाएको छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षासमेत हुने सम्भावना छ।
विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने तयारी भइरहेको बताएका छन्।
जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।