कस्तो रहनेछ बिहीबारको मौसम?

देशभर अत्यधिक चिसो रहेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सुदूरपश्चिम, कर्णाली र  गण्डकीको पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातसमेत हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। 

देशभर अत्यधिक चिसो रहेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।