भारतको श्रावस्ती जिल्लास्थित इकौनामा कार दुर्घटना हुँदा नेपालगन्ज–११ त्रिभुवनचोकका छ जनाको मृत्यु भएको छ। वैभवबाट नेपाल फर्कने क्रममा दुर्घटना भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्।
केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका ११ जना परेका हुन्।
लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम मर्दा र रोपाइँ प्रभावित हुँदासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको गुनासो छ।
मनोज लावती नामका कैदीबन्दीलाई सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ।
काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले वसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको छ।
गौरीशंकर गाउँपालिका– ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती पहिरोमा बेपत्ता छन्। स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको छ।
हङकङबाट आएको १०० किलो सुनको तस्करी संगठित र अन्तरदेशीय अपराधसँग जोडिएकाले अनुसन्धानको जिम्मा सीआईबीलाई दिने निष्कर्षमा सरकार पुगेको हो।
गौरीशंकर गाउँपालिका–८ मा पहिरोले बगाउँदा एकै घरका तीनसहित चार जना बेपत्ता भएका हुन्। बेपत्ताको खोजी र घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
काठमाडौँको सामाखुसी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गर्नेसहित सरकारले विभिन्न १६ निर्णय गरेको छ।
वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा उक्त रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ।
कोरोनाका समयमा निर्माण शुरू गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न भएको छैन। गतहप्ता हावाहुरीले बाँकी भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको छ।
धान रोपाइँको सिजन अगावै भित्र्याउने लक्ष्यसहित 'फास्ट ट्रयाक'मा कृषि मन्त्रालयबाट साल्ट ट्रेडिङले एकलौटी खरिद गर्ने जिम्मा पाएको मल देशभर रोपाइँ सकिन लाग्दा पनि आउन बाँकी नै छ।
पक्राउ परेका नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु, सो बापत नगद दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकीमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।