AnonymousUser

Logout

न्युरोड क्षेत्रमा पार्किङ निषेध गरिँदै, विकल्पमा काठमाडौँ टावर

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने महानगरको भनाइ छ। 

कस्तो रहनेछ मंगलबारको मौसम?

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

ऐन–नियम विपरीत त्रिविलाई आर्थिक भार दिइयो: संसदीय प्रतिवेदन

सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको हो।

अयोध्यामा ‘उन्माद’, नेपालमा उत्सव

अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको छ। ‘विशेष दिन’ भन्दै नगरमा माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। वीरगन्जमा घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा राखिएका छन्।

तनहुँमा ‘मिनी ट्रक’ दुर्घटना हुँदा २ जनाको मृत्यु

दमौलीबाट छिपछिपेतर्फ गइरहेको ‘मिनी ट्रक’ आइतबार राति सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको छ।

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बसमा सवार बर्दियाको गेरुवा–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ।

तराईमा अत्यधिक चिसो, घरपालुवा जनावरलाई समेत समस्या

चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। शीतलहरका कारण चरनको पनि समस्या भएको छ।

तराईमा बिहानैदेखि बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

संघ र प्रदेशले यातायात सम्बन्धी कानून बनाउँदा एकरूपता कायम गर्ने

संघ र प्रदेश सरकारले आपसी समन्वय र सहकार्य गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने भएको छ।

कैलालीमा पाटेबाघ मृत फेला

तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।

विद्यालय तहको पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन महिला आयोगको सुझाव

आयोगकी अध्यक्ष कमला पराजुलीले विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन्।

भाषा संग्रहालय स्थापना गर्दै सरकार

पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले भाषा संग्रहालय पनि स्थापना गर्ने बताएका हुन्।

त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित १ जना पक्राउ

उक्त सुन ती व्यक्ति आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पर्यटकीय स्थल मल्लरानीमा ‘जिपलाइन’

मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जिपलाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यहाँ चिल्डेन पार्क, वनभोजस्थलसमेत बनाउँने तयारी छ।

पुलचोक–गोन्द्राङ ६ लेन सडक कालोपत्र अन्तिम चरणमा

भरतपुर र नारायणगढ क्षेत्रको शहरी सौन्दर्यलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तार गरिएको हो। 

रडले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

पेण्डुवाले श्रीमतीको हत्यापछि अवस्था बुझ्न पुगेका स्थानीय मिना थापा र शिला चौधरीलाई पनि रडले हानेर घाइते बताएका छन्।   

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दा पालिका कार्यालय पुग्न ४० किलोमिटर यात्रा गर्न बाध्य छन्।

तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीका उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ महानगरको श्रमबैंकमा २ हजार आवेदन

आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन्। श्रमबैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भने भएको हुनुपर्छ।

दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ: सशस्त्र प्रहरी बल

बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र  विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ।