AnonymousUser

Logout

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, पहाडमा आंशिक बदली

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानमा मुख्यतया सफा नै रहनेछ।

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत, चालकबाट लापरबाही भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

चीनको कोइला खानीमा विस्फोट हुँदा १० कामदारको मृत्यु

चीनको हेनान प्रान्तको एक कोइला खानीमा भएको विस्फोटमा १० कामदारको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। 

लगानी सम्मेलनअघि नै बाधा हुने नीति नियम सच्याउन उद्योगी–व्यवसायीको माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन्।

चन्द्रागिरिको सेतो पहरामा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

त्रिभुवन विमानस्थलबाट झन्डै ८७ लाख यात्रुले गरे हवाई यात्रा

विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाई यात्रा गरेका छन्।  जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो।

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

संवैधानिक कानून व्यवसायी मञ्चको अध्यक्षमा ओमप्रकाश अर्याल चयन

मञ्चको काठमाडौँमा सम्पन्न २१औँ साधारणसभाले अर्यालको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

मधेशमा शीतलहरले अत्यधिक चिसो: जनजीवन प्रभावित

शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ। बजार तथा ग्रामीण भेगमा मानिसको चहलपहल घटेको छ।

बागलुङको ८५ प्रतिशत जमिनमा छैन सिँचाइ सुविधा

बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन सकेका छैनन्। सिँचाइ सुविधा नहुँदा वर्षौंदेखि खेती हुँदै आएका जमिनमा वनमारा पलाउन थालेका छन्। 

राप्ती बस दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

बस राति १०:३० बजेतिर राप्ती नदीमा खसेको थियो। घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

छविसपाथिभेरा गाउँपालिकाको पतालचौर केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

राप्ती नदीमा बस खस्दा ५ जनाको मृत्यु, २७ घाइते

नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जनकारी दिए। 

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

डा. नीराजन श्रेष्ठ भन्छन्, ‘हरेक साता एक/दुई जना बिरामी देउता लागेको कुरा लिएर आउँछन्। कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्।’

‘युद्धले खुट्टा गुम्यो, चाहनाले सीप सिकायो’

भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गरे। अहिले घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थालेका भीमबहादुरले बाँच्ने आधार खेती बनाउने चाहना राखेका छन्।

माघ तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

सञ्चारमन्त्री रेखा शर्माले संसद् अधिवेशन माघ तेस्रो साताबाट शुरू हुने जनाउँदै त्यहाँ पेस गर्ने गरी चलचित्रसम्बन्धी ऐन तयार पारिरहेको बताइन्।

माघ १ देखि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने तयारी

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ।

समाचार प्रभाव: गृहले अघि बढायो भिजिट भिसामा कडाइ गर्न ल्याइएको १७बुँदे खारेजी प्रक्रिया

गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव, श्रमसचिव, अध्यागमन विभागका महानिर्देशकसहितको बैठकमा १७बुँदे निर्देशनलाई खारेज गर्न र नयाँ मापदण्डका आधार पेस गर्न निर्देशन दिएका छन्।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई निजामतीमा आरक्षण माग्दै रिट दर्ता

मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेसहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

पशुपालक घटेपछि उराठ बने खर्क, परम्परागत पेसा नै धरापमा

बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन हो। युवा विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पेसा धान्दै आएका छन्। हरेक वर्ष पशुपालन गर्ने किसानको संख्या घट्दै गएको छ।