यी राजमार्गले व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले उच्च प्राथमिकतामा राखिने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।
सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको संख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको हो।
भरतपुर–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन गरी धम्क्याएर १५ लाख मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिबापत सरकारले किसानलाई राहत दिनुपर्ने व्यवस्था छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश वादेलाई १५ लाख रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको छ।
पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट मात्रै ३७ लाख रुपैयाँ बराबरको धनमाल चोरेको प्रहरीले जनाएको छ।
पर्यटनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरू गरेको बताएका छन्।
खेलाडीहरूको सहयोगी बनाएर अमेरिका पठाइदिने भन्दै कैलालीका शुक्रराज स्वारसँग ७ लाख रुपैयाँ लिएर रितेश केसीले ‘जग्गा किन्न ५० लाख बैना लिएको’ कागज बनाइदिए। अहिले त्यही कागज बोकेर स्वार भौँतारिइरहेका छन्।
उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रंग दिने गरेको पाइएको प्रहरीले जनाएको छ।
तीनजुरेडाँडा, फेदी, मंगलबारे र गुफापोखरी हिउँले सेताम्मे भएका छन्। हिमपात भएपछि यहाँ झापा, मोरङ, सुनसरी तथा भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन्।
सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम प्रशोधन गरेर मेलम्चीको खानेपानी प्रसारण गरिएको मन्त्रालयले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।
सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोंगदेजस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका छन्।
जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। रोकिएका यात्रुलाई मंगलबार साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
आफू र आफ्नो परिवारको भविष्य बनाउने सपना लिएर कोरिया जान ‘बायोमेट्रिक’को लाइनमा उभिएका अधिकांश २५ वर्षमुनिका युवा छन्। कमाइ राम्रो हुनुका साथै सुरक्षित देशका रूपमा कोरिया रोजेको उनीहरूले बताए।
सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रिनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले बताए।
लोहरपट्टी नगरपालिका–४ पिपराढीका ५० वर्षीय रामएकवाल पण्डितको रेलको बोगीभित्रै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
माइबेनीलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने हतुवागढी गाउँपालिकाको योजना छ।