भूकम्पपछि सबै निकाय राहत वितरणमा मात्रै केन्द्रित भएकाले पीडितहरू मानसिक रूपमा पनि समस्यामा रहेको र त्यसतर्फ ध्यान दिन मनोविद् पूर्ण रावतको सुझाव छ।
बिहीबार बिहान ३:०६ बजे ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
छायाँनाथ रारा नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने नीतिअनुसार सम्मान गरेको नगर प्रमुख विष्णुकुमार भामले बताए।
पुनर्निर्माणका विद्यमान् संयन्त्र प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री दाहालले नयाँ शक्तिशाली संयन्त्र बनाउनु पर्नेमा जोडबल गरिरहेका बेला सचिवहरू भने यसको नेतृत्व स्थानीय तहलाई दिनुपर्ने बताउँछन्।
प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ।
उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको हो।
गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
थ्री नट थ्री राइफलको गोली र गाँजासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महासंघका महासचिव रोशन पुरीले भूकम्पबाट दुईवटा सञ्चार संस्थाको भवन पूर्णरूपमा क्षति भएको जनाउँदै दर्जनौँ पत्रकारले बास गुमाएका बताए।
चीनले पीडितका लागि प्रदान गरेका ब्ल्यांकेट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत बुधबार पोखरा विमानस्थलमा ल्याइएको हो।
राहतस्वरुप त्रिपाल र अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामभन्दा बाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेका छन्।
सेनाको टोलीले जाजरकोटमा २३४ र रुकुम पश्चिममा २८४ घरबाट भग्नावशेष उत्खनन गरेर पीडितका आवश्यक सामग्री निकाल्ने काम गरेको छ।
दुई वर्षको छोरा च्यापेर सडक छेउमा बसिरहेका भूकम्पपीडित विष्णु थापाले भने, “राष्ट्रपति आएर पनि के भयो र? हामीलाई हेलिकप्टरको धूलो होइन चामल चाहिएको हो। न्यानो कपडा चाहिएको हो।”
पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।
भूकम्प प्रभावितलाई बाँड्नुपर्ने राहत सामग्री जाजरकोटको भेरी नगरपालिकामा थन्किएको छ। तर भेरी-३ का भूकम्पपीडितले वडा कार्यालयमा घण्टौँ कुर्दा पनि राहत पाएनन्।
चिउरीगाउँमा अधिकांश घर ढुंगामाटोले बनेका छन्। पटकपटक गइरहेको परकम्पले ठाडै रहेका घर पनि भत्काइरहेको छ। सोमबारको परकम्पले गाउँका थप चार घर मात्र भत्काएन, बाँचेकालाई पनि त्रसित बनायो।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानूनबमोजिम कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सक डा. दीक्षान्त आचार्यले चेतावनी दिए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर मध्यान्ह १२:५८ मा ४ म्याग्निच्युडको धक्का गएको हो।
भूकम्पबाट ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ।