AnonymousUser

Logout

सहकारी समस्या समाधान गर्न तत्काल प्रक्रिया शुरू गर्ने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले तत्काल कानूनी व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोरेको समस्या समाधानको प्रक्रिया शुरू गर्ने निर्णय गरेको हो।

बाँकेमा वनको डढेलोमा परेर मरे खरायो, सर्प र चरा

राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको शमशेरगन्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए।

तत्कालै कुन अस्पताल जाने थाहा नपाउँदा ज्यान गुमाउँदैछन् जलनका बिरामी

जलनको उपचार गरिने अस्पतालसम्बन्धी जानकारी समयमा नपाउँदा बिरामीको ज्यानै जानुका साथै परिवारले समेत ठूलो सास्ती र आर्थिक क्षति ब्यहोर्नुपरेको छ। 

धनुषाको औरहीमा स्थानीय र सुरक्षाकर्मीबीच झडप, ३ प्रहरी घाइते

धनुषामा बिहीबार प्रदर्शनकारीसँगको झडपका क्रममा तीन जना सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

वैदेशिक रोजगारीमा जानेका लागि जहाजमै खानाको व्यवस्था गर्न विभागले काट्यो पत्र

घण्टौको यात्रामा पनि श्रमिकले न्यूनतम खाना–खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई डाकेर छलफल गरेको थियो।

पर्वतमा डढेलोले १ हजार ४०० हेक्टर जंगल नष्ट

पर्वतका ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिए।

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

भद्रपुर नगरपालिका–८ नमूना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट ८० वर्षिया महिलालाको मृत्यु भएको छ।

ठेकेदारले काम छाडेपछि मुगुमा प्रहरी चौकी भवन ५ वर्षदेखि अलपत्र 

मुगुको सोरु गाउँपालिका–९ स्थित कालै प्रहरी चौकी भवन निर्माणका लागि २०७६ जेठमा अमर निर्माण जेभीले ठेक्का लिएको थियो।  एक वर्षमा सक्ने सम्झौता रहेको भवन अलपत्र अवस्थामा छ।

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा, १०० भन्दा बढी घर जले

बस्तीभर फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए। बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर मटिहानी आगलागीबारे सर्वपक्षीय छलफल गर्ने तयारी छ।

महोत्तरीको मटिहानीमा भएको आगलागीमा ९२ घर जलेर नष्ट

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन्। 

सीआईबीले छानबिन थाल्दा बृहस्पति सक्रिय, बाल संगठनको जग्गा ‘लियन’ राखेर लिएको ऋण रातारात चुक्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन शुरू गरेपछि विशाल ग्रुपको अधिकांश स्वामित्व रहेको बृहस्पति विद्या सदनले आफ्नो गल्ती ढाकछोप गर्न सक्रियता देखाएको छ।

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा ५ घर जले

गाईखर्क सामुदायिक वनमा लागेको डढेलो बस्तीमा छिर्दा स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कबिर राईको घर जलेका छन्।

झापामा जिपसँग मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो। उनीहरूको सनाखत हुन बाँकी छ।

भूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन  

आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र देशबाट मानिस आउने गर्छन्। सडक सञ्जालले जोडिएको र सुविधासम्पन्न होटल खुलेकाले बारपाक पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य बनेको छ। 

डढेलोले म्याग्दीमा ७०० हेक्टर वन सखाप

फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ वटै स्थानीय तहका १११ वनमा डढेलो लागेको छ। डढेलोले जिल्लाको ६९३ हेक्टर वन क्षेत्र सखाप भएको छ।

मंगलबारदेखि ७२ घण्टा पूर्वी सीमानाका बन्द

चुनावलक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन्।

विपिनको रिहाइका लागि पहल गरिदिन कतारी अमिरसँग राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर थानीसँग आग्रह गरेका छन्।

दैलेखमा बँदेलको आक्रमणबाट गहुँ काटिरहेका ७ जना घाइते

मंगलबार भैरवी गाउँपालिका–६ कुसापानीमा एउटा बँदेलले आक्रमण गरेर गहुँ काटिरहेका सात जनालाई घाइते बनाएको छ।

साझा चासोका मुद्दामा सहकार्य गर्न कतारी अमिरलाई राष्ट्रपतिको आग्रह

कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेल र कतारका अमिर थानीबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच शीतलनिवासमा द्विपक्षीय भेटवार्ता भएको छ।