भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुम पश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन्।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ।
तिहार शुरू भएसँगै घर, व्यापारिक मल, पसल, सडक, मठमन्दिर पनि झिलिमिली बत्तिले सजिएका छन्।
भूकम्पले जाजरकोट र रूकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्याएको छ।
नवलपरासीको देवचुली नगरपालिका–९ मा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या सात पुगेको छ।
गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ।
गृहमन्त्री श्रेष्ठले उपलब्ध स्रोतसाधनले भ्याएसम्म राहत पठाउने काम भइरहेको, आवश्यकताअनुसार चिकित्सक, स्वास्थ्य उपकरण र औषधिहरू पनि उपलब्ध गराइएको सुनाउँदै अस्थायी आवास बनाउन पनि ढिलाइ नहुने बताए।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ।
नवलपरासीको देवचुली नगरपालिका–९ मा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनामध्ये चारको पहिचान खुलेको छ।
गाडीमा सात जना सवार रहेकामध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूको पहिचान खुल्न बाँकी छ।
आईएफआरसीले जाजरकोट भूकम्पबाट प्रभावितलाई तत्काल १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कर्णाली प्रदेश सरकारले तिहारलगत्तै जाजरकोट भूकम्प प्रभावितको पुनर्स्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ।
महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताए।
झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ।
२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन्। सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रूपमा मेटिँदै गएका छन्।
दुवै जिल्लामा ६०६ घाइते पशुको उपचारसमेत गरिएको छ। जाजरकोटमा मात्रै ५९२ पशुको उपचार गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकामा शनिबार बिहान ७ बजेदेखि मुसलधारे वर्षा भइरहेको ४ नम्बर वडाका अध्यक्ष विष्णु रावतले बताए।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।