AnonymousUser

Logout

हिउँचितुवाको संख्या बढेसँगै थपियो दिगो व्यवस्थापनको चुनौती

हिउँचितुवाको संख्या वृद्धि भएसँगै मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने उपाय अपनाउन सम्बन्धित निकायले जनचेतनामूलक र राहतका कार्यक्रम प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने संरक्षणकर्मीको भनाइ छ।

बैतडीमा ट्र्याक्टरले किच्दा १ जनाको मृत्यु

ट्र्याक्टरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको म्याद सकियो, काम सकिएन

कोभिड–१९ को समयमा निर्माण कार्य स्थगित गर्नुपरेकाले सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए। 

रुपन्देहीका ९ गाउँमा आगलागी, ४० घर जले

पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ। गहुँको नलबाट शुरू भएको आगो बतासका कारण फैलिएको थियो।

डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा जले ७० भन्दा धेरै घरगोठ

गुल्मीको इस्मा गाउँपालिका–२ मा शनिबार दिउँसो हावाहुरी चलेसँगै डढेलो बस्तीमा पसेको थियो। उक्त वडामा मात्रै २० घर जलेर नष्ट भएका छन्। 

अर्घाखाँचीको धारापानीमा आगलागीबाट २० घरगोठ जले

भूमिकास्थान नगरपालिका, धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा आगलागीबाट २०  घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ खन्न ११० मिटर बाँकी

सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसाली बागमती सिँचाइ आयोजनाको पूर्वाधारमार्फत् धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ।

म्याग्दीमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

सगरमाथा आरोहण उत्साहजनक: उठ्यो ५० करोडभन्दा बढी राजस्व

सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र २८७ पुरुष गरी ३५२ आरोहीले अनुमति पाएका छन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।

साइनबोर्ड लेख्ने प्रकट गजलमा पोखिएर बिदा भए

भोलिको अप्ठ्यारो सोचेर प्रकट कहिल्यै चिन्तित हुँदैन थिए। जिन्दगी बाँच्नकै लागि सम्झौता गरेनन्। जस्तो आइपर्छ उस्तै काम गरे। एक थोक होइन अनेक गरे। अनुभव लिए। तिनै अनुभवलाई साहित्य सिर्जनामा उतारे।

कैलालीका ७ नदीमा शुरू भयो तटबन्ध निर्माण

कैलालीका विभिन्न भाग भएर बग्ने कटैनी गौरीगंगा, शिवगंगा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको निर्माण थालिएको छ। 

यसरी बन्दैछ सिद्धबाबा सुरुङ (तस्वीरहरू)

अप्ठ्यारो र जोखिमयुक्त मानिने माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण भइरहेको छ।

सगरमाथा आरोहण गर्न ३५२ आरोहीले लिए अनुमति

पर्यटन विभागका अनुसार हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।

भारतले रोक्यो नेपाली चियाको निर्यात

मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताए।

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

डोल्पामा १२० हिउँ चितुवा

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजाअनुसार डोल्पामा हिउँ चितुवाको कुल संख्या १२० रहेको देखिएको छ।

प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बैठकमा उपस्थित नभएपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन भएको सभामुखले सभामा जानकारी गराए।

महालेखाले बेरुजु देखाएपछि काठमाडौँ महानगरले काट्दै करारका कर्मचारीको महँगी भत्ता

महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि काठमाडौँ महानगरमा कार्यरत करारका कर्मचारीलाई दिइँदै आएको महँगी भत्ता र सामाजिक सुरक्षा कोषमा पठाउने रकम काटिने भएको छ।

नेसनल पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ

विशेष अदालतले नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ भने अन्य आठ जनालाई सफाइ दिएको छ।

वन डढेलो नियन्त्रणका लागि सीसी क्यामरा जडान

कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सीसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए।