प्रमुख हत्या आरोपी दुई जना सार्वजनिक गरे पनि मुगु सामूहिक हत्याको थप अनुसन्धान जारी रहने कर्णाली प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए।
सरकारी निकायहरूकै लापरबाहीका कारण संकटमा धकेलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र काकाकुल पोखराको तिर्खा मेट्ने खानेपानी आयोजना जोगाउन प्रधानमन्त्री कार्यालयले अग्रसरता देखाएको छ।
नेपालबाट रोजगारीको लागि साउदीअरब पठाएर दुई महिनासम्म काममा नलगाएको र श्रमिकका समस्या समाधान नगरेको भन्दै विभागले काठमाडौँको गौशालास्थित दैलेख ओभरसिज लिमिटेडलाई निलम्बन गरेको हो।
सर्वोच्चले रौतहटको मौलापुरका नगरप्रमुख रीनाकुमारी साहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
सरकारले सशस्त्र प्रहरी बल नेपाल मातहतका कार्यालयका लागि तराईमा ६ बिगाहा ८ कट्टा र पहाडमा तीन रोपनी क्षेत्रफल जग्गा प्राप्त गर्न स्वीकृत दिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उपरथी पाण्डेले जंगी अड्डामा राजीनामा पेस गरेको पुष्टि गरे।
वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंह भन्छन्– ‘राहत र उद्धारको काम छिट्टै टुंग्याएर भूकम्प प्रतिरोधात्मक अस्थायी संरचना बनाउनतर्फ तत्काल नलागे चिसोले थप मानवीय क्षति हुन सक्छ।’
यसै पनि खाद्यान्न, त्रिपाललगायतका अत्यावश्यक राहत सामग्री नपाएर समस्यामा परेका बारेकोटका भूकम्पपीडित वर्षाका कारण थप समस्यामा परेका छन्।
तिहारलगायत चाडपर्वको समयका लागि ११ बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ।
यसअघि नेपालले इजरायलमा पनि यही कार्यक्रममा कृषि विद्यार्थी पठाउँदै आएको थियो। पछिल्लो समय इजरायलमा जारी युद्धका कारण यो कार्यक्रम प्रभावित बनेको छ।
जाजरकोट भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ। रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ।
कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो।
सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो।
सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तह पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन्। कान्छी ऊर्जाले विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।
देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
रास्वपा प्रवक्ता मुकुल ढकालले बैठकमा पार्टीको महाधिवेशन प्रक्रियाबारे छलफल हुनुका साथै सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस गर्ने जानकारी दिए।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रका सूचक केही सकारात्मक देखिए पनि अझै दबाब कायमै रहेको बताएका छन्।
इस्टोनिया जान ७ लाख रुपैयाँ लाग्ने र महिनाको डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै पाँच जनाबाट ३४ लाख १३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन थिए।
१२ वर्षदेखि निर्माणाधीन कमलाको पक्की पुल समयमा सम्पन्न नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। बर्खायाममा हुलाकी मार्गका यात्रु तथा नदी वारिपारिका स्थानीयलाई आवतजावत गर्न समस्या हुने गरेको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार भूकम्पले नगरपालिकाको ९, १०, ११, १२, १३ र १४ नम्बर वडाका घर बढी क्षति भएका र अन्य बाँकी वडामा भने कमै मात्रा क्षति पुगेको छ।