AnonymousUser

Logout

डोल्पामा आगलागीबाट ३ बालबालिका घाइते

उनीहरूको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ। 

भगवानबहाल क्षेत्रबाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले रोजगारी सिर्जना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई २४सै घण्टा सञ्चालन गर्न लागेको बताए।

हावाहुरीले हवाई उडान प्रभावित

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

काठमाडौँ उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा

हावाहुरीले रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

डढेलोबाट घाइते भएकाको निःशुल्क उपचार र मृतकका परिवारलाई राहतको माग

फेकोफनले डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।

अस्पताल भवन अलपत्र छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन

अस्पताल निर्माणको कुल लागत भ्याटबाहेक १० करोड १३ लाख ८३ हजार रुपैयाँ रहेको छ। हालसम्म निर्माण कम्पनीले ९१ लाख रुपैयाँ भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ।

लागुऔषधसहित १० जना पक्राउ

ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उपत्यकाका विभिन्न क्षेत्रबाट पछिल्लो १० दिनको कारबाही अभियानमा उनीहरू पक्राउ परेका हुन्।

हिमाल आरोहणमा चिप्स अनिवार्य, कसरी घट्छ जोखिम?

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा ‘लोकेसन ट्रेस’मा ढिलाइ भएर समयमा नै उद्धार हुन नसक्ने घटनालाई न्यूनीकरण गर्न पथप्रदर्शक र आरोहीले चिप्स बोक्नुपर्ने व्यवस्थालाई यो वर्षदेखि अनिवार्य गरिएको छ।

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले पक्राउ परेका छन्।

वन डढेलो संकट घोषणा गर्न माग

नेपाल वन प्राविधिक संघले वन ढडेलो संकट घोषणा गर्न सरकारसमक्ष माग गरेको छ।

सादा पोसाकका प्रहरीः सुरक्षा बुझेकाहरूले नै बनाइरहेछन् रमिता  

अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीका लागि प्रहरीलाई सूचना संकलनमा नभई नहुने कुरा हो, सादा पोसाकमा खटिने जनशक्ति। तर प्रहरीका हाकिमदेखि गृहमन्त्रीहरूले वर्षौंदेखि यसलाई मजाक बनाइरहेका छन्, कसरी? 

यसरी सफा गरिँदैछ रुद्रमती (तस्वीरहरू)

काठमाडाैँ महानगरको श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीको सफाइ थालिएको हो।

बागमतीका नगरप्रमुख भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पहिरोले रित्तिदै म्याग्दीको चौरखानी गाउँ

गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ। खेतबारी र जंगल चिराचिरा परेको छ। यसअघि नै भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो।

दमकको लाइफलाइन अस्पतालको भवनमा आगलागी, २ करोडको क्षति

प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अस्पतालसहित अन्य तीन घरमा फैलिँदा दुई करोड रुपैयाँ बराबर क्षति भएको प्रहरीले जनाएको छ। 

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

डढेलो निभाउने क्रममा घाइते भएका ३ सैनिकको मृत्यु

ठूलीभेरी नगरपालिका–४ स्थित मस्टा सामुदायिक वनको डढेलो नियन्त्रणमा लिने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरीको गोदाममा आगलागीबारे छानबिन गर्न गृहले बनायो समिति

गृह मन्त्रालयले बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा सोमबार साँझ भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ।

गण्डकीका मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

रिट निवेदनमा एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा गरिएको नियुक्ति उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएको छ।

कावासोतीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

मंगलबार दिउँसो गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी महतोको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।