डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।
जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न पालिकाहरू अघि सरेका छन्। यहीबीच बर्दियाको बारबर्दिया नगरपालिकाले पनि पाँच लाख २५ हजार रुपैयाँ छुट्याएको छ।
गाउँमा अझै आशाको किरण झुल्केको छैन। बरु बादलले आकाश मडारिएको छ। चिसो खेतमा पाल टाँगेर बसेका उनीहरू जाडो र भोकले मर्छौँ कि भन्ने चिन्तामा छन्।
प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ।
भूकम्पबाट आवासविहीन भएकाहरूलाई केही संघसंस्थाहरूको सहयोगमा आइतबार राहत बाँडिएको भए पनि सबैलाई पर्याप्त हुन सकेको छैन। विस्थापितहरू चिसो भुइँमा पराल ओछ्याएर पुरानो पालमुनि सुत्न बाध्य छन्।
गृह मन्त्रालयले जाजरकोट भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको छ।
स्वास्थ्य मन्त्रालयले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट १२ वटा स्वास्थ्य संस्थामा क्षति भए तापनि स्वास्थ्य सेवा प्रवाहमा समस्या नभएको जनाएको छ।
भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ।
सरकारले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने सामग्री स्वतः हट्ने व्यवस्था गर्नेबारे भिडियो शेयरिङ एप टिकटकका प्रतिनिधिसँग छलफल गरेको छ।
काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाइदिने गिरोहमा संलग्न १० जना पक्राउ गरिएको जानकारी दिएको छ।
अख्तियारले लुम्बिनी प्रदेशका तत्कालीन प्रदेशसचिव अधिकारीसहित चार जनाविरुद्ध गैरकानूनी लाभ तथा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
चेम्बरको विपद् व्यवस्थापन कोषअन्तर्गत भूकम्प प्रभावितलाई अत्यावश्यक सामग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए।
भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ।
भूकम्पले जाजरकोट सदरमुकाम खलंगामा धेरै भौतिक क्षति पुर्याएको छ। बस्ती उदांगो देखिएका छन्। क्षतिको किन तथ्यांक नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन्।
वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी सहितको टोली जाजरकोट पुगेको हो। टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागले जनाएको छ।
जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन्। नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ। त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति पुगेको छ।
भेरी अस्पतालमा शनिबार राति थप ६ जना बिरामी एम्बुलेन्सबाट उपचारको लागी पुगेका थिए। जसमा दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुम पश्चिमका छन्।
जिपमा चालकसहित १० जना सवार थिए। घाइतेको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो।