उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ।
काठमाडौँ महानगरपालिका–२२ स्थित नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोध जनाउँदै स्थानीयले नगरप्रमुख बालेन शाहको पुतला दहन गरेका छन्।
प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिए।
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवन निर्माणको प्रगति सन्तोषजनक नभएको बताएका छन्। भवन नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबले निर्माण हुनुपर्ने उनको भनाइ छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमास्थित नेपाली सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको छ।
एक अर्ब ११ करोड खर्च गरेर बनाइएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको दुई वर्षसम्म पनि प्रयोगविहीन भएको छ। केन्द्रलाई मासिक सञ्चालन खर्च धान्नसमेत मुस्किल छ।
भारी वर्षाका कारण आएको पहिरोले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा अवरुद्ध भएको थियो।
गाउँपालिका केन्द्र रहेको वडा नं ५ तापेथोकमा गएको पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्याएको छ।
प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीका कारण १८२ घर डुबानमा परेका छन् भने २२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ।
भावी प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका रथी अशोक सिग्दलेका विषयमा सार्वजनिक भएका विवरणमा कुनै सत्यता नभएको नेपाली सेनाले दाबी गरेको छ।
असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन्।
पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका एक बिरामीको अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ।
भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक स्तरोन्नति भएपछि गाउँमा उत्पादित तरकारी, दूधजन्य पदार्थ बजारमा बिक्रीका लागि लैजान सहज भएको छ। काठमाडौँबाट तरकारी लिन गाउँमै गाडी आउन थालेका छन्।
त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये बुधबारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन्।
सडक विभागको तथ्यांकअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने १४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
बाल संगठनले विशाल ग्रुपद्वारा सञ्चालित बृहस्पति स्कुलसँगको जग्गा लिज सम्झौता खारेज गरेसँगै यो प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धान नटुंग्याउँदा नयाँ चलखेल शुरू भएको छ।