नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
उत्तरी बांग्ललादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थी नजिकको दूरी भएकाले काँकडभिट्टाबाट स्वदेश फर्किरहेका हुन्।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म नौ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास, आर्थिक गतिविधि अत्यन्त चलायमानका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउँछन्।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेशप्रमुख शर्माले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्त संविधान विपरीत भएको भन्दै परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
संसद्मा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद दीपक बोहोराको २० महिनादेखिको अनुपस्थितिबाट चिन्तित उनको क्षेत्रका मतदाताहरू उनलाई के भएको हो भनेर प्रश्न गर्न थालेका छन्?
सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बांग्लादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली आइतबार बिहानदेखि बस र तिनमा सवार यात्रीको खोजतलासमा जुटेको छ।
बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको थियो।
महानगरले नयाँ सडकमा पैदलमार्ग बढाउँदा विगतमा सवारी पार्किङ गरिएजति पनि सडकको क्षेत्रफल नओगटिने तथा पैदलयात्रुको बढ्दो चापबाट हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न पैदलमार्ग विस्तार आवश्यक रहेको जनाएको छ।
चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये २५ शव फेला परेकोमा १७ को सनाखत भएको प्रहरीले जनाएको छ।
विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएका छन्।
वर्षा शुरू भएसँगै ढोरपाटन पुग्ने अधिकांश भागमा बाढीपहिरो र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ। ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती छ।
आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित ललितपुरको पाटन दरबार क्षेत्रबाट कोरा साइकल प्रतिस्पर्धा (कोरा २०२४) शुरू भएको छ।
मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई २ लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भएको छ।
अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन्। बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।
भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली नेपाल आएको छ। टोलीले शनिबारदेखि नै काम थाल्ने छ।