AnonymousUser

Logout

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

भक्तपुरको दधिकोटमा खोला बस्ती पस्दा ३० घर डुबानमा

वर्षाका कारण स्थानीय ढुंग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ।

नेप्से परिसूचकमा ३५.५५ अंकको वृद्धि, १७ अर्बमाथिको कारोबार

मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ को विन्दुमा कायम भएको छ भने १७ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

५ वर्षमा सक्ने भनिएको आयोजना ९ वर्षसम्म अलपत्र हुँदा १२ सय घरधुरी खानेपानीबाट वञ्चित

संघीय सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्।

१ करोडभन्दा धेरै खर्च भएको लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत

आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय 'कभर्ड हल' पनि बजेट नहुँदा अलपत्र परेको छ।

भदौ ५ अगावै स्याउ नटिप्न आग्रह

काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने भएकाले यस्तो निर्णय गरेको हो।

बासी खानेकुरा बिक्री गर्ने होटललाई २ लाख जरिबाना

बासी गन्हाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि धादिङका एक होटल सञ्चालकलाई उक्त कारबाही गरिएको हो।

पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ।

कञ्चनजंघा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारेका थिए।

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

अहिले बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाउन सिफारिस

सरकारले बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको छ।

१८ देशमा राजदूत पठाउने सरकारको निर्णय, भारतमा शंकर शर्मालाई नै निरन्तरता

सरकारले १८ वटा देशका लागि राजदूत सिफारिस गरेको छ भने पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

जग्गा विवाद र आर्थिक प्रलोभनमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा उनकै घरमा सहयोगीका रूपमा काम गर्ने राम उजैन रायसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आगामी ३ दिन भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए।

विपद्मा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, ४७ जना बेपत्ता

जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी १४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन्।

संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्‍यो निर्वाचन आयुक्तमा प्रधानको नाम

संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्ताव गरी पठाएको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए।

स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरले बनायो समिति

पोखरा महानगरले सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

धार्चे पहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ४ को शव फेला

गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये चारको शव फेला परेको प्रहरीले जनाएको छ।

बढ्दो हवाई दुर्घटनालाई लिएर सांसदले उठाए नियामकको भूमिकामाथि प्रश्न

सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए।