सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएका ल्हारक्याल लामालाई पत्राचार गरेर कानूनी प्रक्रिया सम्झाएका बुढानीलकण्ठका मेयर अधिकारी नै अहिले ‘समितिले काम गरिरहेको’ भन्दै पछि हटेका छन्।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।
वर्षाका कारण धोबीखोलामा आएको बाढीका कारण काठमाडौँ महानगरपालिका–१० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको छ।
जग्गा प्लटिङका लागि गोदावरीमा फन्टे खोला पुरेर सडक बनाउँदा वर्षामा डुबानको समस्या हुन थालेको दुई वर्ष भयो। खोलामा हालिएको ह्युमपाइपको ढक्कन वर्षा लागेपछि खोलिँदा सडक र नजिकैको खेतमा तलाउ भएको छ।
सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ७७ उद्योगको अनुगमनपछि संकलन गरेको नमूनाबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ।
शव पहिचानका लागि फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ।
मकवानपुरको बकैयामा काठमाडौँ–निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो।
त्रिभुवन विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनामा परेको थियो।
विभिन्न अभियोगमा छानबिन प्रकृयामा रहेका एवं सामाजिक र नैतिकरूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्तिका लागि सिफारिस भएको विषयमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
मृत्यु भएकाहरूको शव नेपाल झिकाउन अहिलेसम्म २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ।
प्रहरीका अनुसार जहाजमा पाइलटसहित १९ जना सवार थिए। उनीहरू सबै एयरलाइन्सकै कर्मचारी हुन्।
जहाजमा दुईजना चालक दलका सदस्य र अन्य १७ जना प्राविधिक तर्फका कर्मचारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
सौर्य एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।
देवीघाट–गल्छी सडकको दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ।
सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीले लागुऔषध सेवन गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ।