बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
समितिलाई समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा प्रतिनिधिसभा सदस्यबाट उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।
विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी विवादका कारण ६ उद्योगमा काटिएको विद्युत् लाइन हालका लागि जोडिदिने भएको छ।
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका छन्।
काठमाडौँका विभिन्न नदी–किनारमा बस्दै आएका सुकुमबासी परिवारलाई स्थानान्तरण गर्न भनी नागार्जुनमा बनाइएको अपार्टमेन्ट प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।
अख्तियारले खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुकादेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो।
रामबहादुरले भुटानको चेम्गाङ जेलबाट ल्याएका ‘कैदी कुर्ता–सुरुवाल’ २४ वर्षपछि टेकनाथ रिजाललाई फिर्ता दिइदिए। आफ्नो त के थियो र! भएका लाउने र ओछ्याउने पनि जेलमै सबै गुमाउन बाध्य रिन्जिनलाई सुम्पिएका थिए।
दैनिक ४०० लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएका जैमिनीका किसान सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्।
स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ।
सडक विभागले रातको समयमा बाढीपहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा असुरक्षित हुने भन्दै आवतजावत नगर्न सुझाव दिएको छ।
सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अवधिमा विपद्का घटनाबाट चार हजार चार घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
नयाँ सडक क्षेत्रमा पैदलमार्ग विस्तारले पार्ने प्रभावबारे अध्ययन गर्न महानगरको योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन समिति गठन गर्ने सहमति भएको छ।
न्युरोडमा फुटपाथ विस्तार शुरू गरेपछि काठमाडौँ महानगर र सडक डिभिजनबीच शुरू विवाद अदालतले टुंग्याइदिएको छ। तर वडा नं. २२ का वडाध्यक्षले सडकमै कार्यालय खडा गरेर अवरोध गरेपछि विवादले उग्र रूप लिइरहेको छ।
जेठको अन्तिम तथा असारको पहिलो सातातिर धान रोपेका ललितपुरको छम्पीका किसान अहिले गोडमेल तथा मल हाल्न खेतमा व्यस्त देखिन्छन्।
निर्वाचन आयुक्तमा सिफारिस गरिएका प्रधानविरुद्ध पीडित महिलाले दिएको उजुरीमा आफूलाई एनजीओमा जागिर लगाइदिने लगायतका प्रलोभन देखाएर उनले तीन वर्षसम्म निरन्तर यौन शोषण र यौन दुर्व्यवहार गरेको उल्लेख छ।
थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर बागलुङको काठेखोला गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ।
उच्च अदालत पाटनको आदेशपछि महानगरले नयाँ सडकको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासको सडकमा पैदलमार्ग विस्तार गर्न शुरू गरेपछि स्थानीयले विरोध जनाउँदै आएका छन्।
घुस लिँदै गरेको डेढ लाख रुपैयाँ नगद र चार लाख पचास हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो।