संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्ताव गरी पठाएको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।
उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए।
पोखरा महानगरले सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।
गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरोमा परेर बेपत्ता भएका पाँच जनामध्ये चारको शव फेला परेको प्रहरीले जनाएको छ।
सांसद उदयशमशेर जबराले पछिल्लो ६ दशकमा साना ठूला गरी ७२ वटा हवाई दुर्घटना भएकाले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि प्रश्न उठेको बताए।
सभापति थापाका अनुसार सहकारी क्षेत्रको बचत दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेकालाई संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिइएको हो।
संसदीय सुनुवाइ समितिमै उनीविरुद्ध यौनहिंसा जस्तो गम्भीर आरोपसहितका उजुरी परेका थिए।
त्रिवेणी डिस्टलरीमा कार्यरत रहँदा उद्योगले गरेको गल्तीको सजाय भने उक्त उद्योगको म्यानेजर पदमा रहेर काम गरेका रवीन्द्रकुमार श्रेष्ठले भोगिरहेका छन्।
विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र सोही विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरू नेपाल भित्रने गरेका छन्। उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।
महानगरले यसअघि सिर्सिया नदीमा फोहोरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए।
मध्यपहाडी जिल्लाअन्तर्गत काभ्रेलगायत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापका सेवाग्राहीलाई लक्षित गरी कार्यालय स्थापना गरिएको हो।
टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा कार्यान्वयनमा सुधार भएको मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए।
अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यातायात व्यवसायीले प्रदेश सरकारसँग समस्या समाधानका लागि प्राविधिक समिति गठन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको छ।
कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएपछि अध्ययन गर्न टोली खटाइएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए।
विशेष अदालतले अन्तःशुल्क खरिदमा आर्थिक अनियमितता गरेको मुद्दामा प्रतिवादी बनाइएका निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।