सर्वोच्च अदालतले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशीलाई दोषी ठहर गर्दै ९ महिनाको जेल सजायको फैसला सुनाएको छ।
सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति रहेकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो।
गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन्।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ मा आइतबार बिहान पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।
डा. मुकुल ढकालले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेकोसमेत प्रतिक्रिया दिएका छन्।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार एक लाख ४५ हजार ७०० रुपैयाँ पुगेको छ।
आइतबार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको प्रहरीले जनाएको छ।
कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्मामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेको छ। खरखरे भिरमा ठूला–ढुंगासहित पहिरो खसेको छ।
शनिबार राति १०:१३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १८ मध्ये १७ जनाको शव आफन्तले बुझेका छन्।
उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाने मृतकका आफन्तले बताएका छन्।
जयनगरबाट आइरहेको रेलले हर्न दिँदा उनी अलमलिएर रेलकै लिकमा परेका थिए।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन्– पहिलो सुरक्षित पानी, दोस्रो व्यक्तिगत सरसफाइ र अर्को अनुगमन।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको छ।
गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार नेपालमा बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ।
कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ। सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण भेगका बासिन्दा पैदलै आवतजावत गर्न बाध्य भएका छन्।
झापाका सबै पालिकालाई बारम्बार पत्राचार गरेर सडक बत्तीको बक्यौता रकम बुझाउन आग्रह गर्दा पनि आलटाल गरेको अनारमनी वितरण केन्द्रले जनाएको छ।
मकालु गाउँपालिका–३ इकुवा खोलामा पक्की पुल बगाउँदा भोटखोला गाउँपालिका जाने सडक बन्द भएको छ।