भोजपुरको बोखिममा भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ।
निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट टिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रशासकीय अदालतले राष्ट्रबैंकका निर्देशक थानेश्वर आचार्यलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरे पनि सजाय तोकेन। अदालतले हालै सार्वजनिक गरेको पूर्णपाठमा कानूनले सजायको अधिकार गभर्नरलाई दिएको उल्लेख छ।
मंगलबार राति ९ः२५ बजे दार्चुला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ। नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ।
मौसमविद्ले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न भएकाले सतर्कता अपनाउन अनुरोध गरेका छन्।
कानून, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ।
निगमसँग आन्तरिक उडानमा दुई थान ट्विनअटर विमान छन्। तीमध्ये एउटा विमान गत जेठदेखि ग्राउन्डेड छ भने अर्को पनि हालै ग्राउन्डेड भएको छ।
सीईबीले मानवीय गतिविधिका कारण देशको जैविक विविधताको प्रतीक जंगली हात्ती लोप हुने खतरा बढ्दै गएको बताएको छ।
बैंककस्थित नेपाली राजदूतावासका अनुसार चार पुरुष र एक महिलालाई म्यानमारको मेवाडीबाट उद्धार गरी नेपाल फर्काइएको हो।
मोटरसाइकल दुर्घटना परी घाइते भएका प्रहरी जवान गणेश चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
काभ्रेपलान्चोकका १३ स्थानीय तहमध्ये पनौती नगरपालिका तथा रोशी र बेथानचोक गाउँपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन्।
बुबा र भाइबाट आफूमाथि तनाव बढेकाले हत्या गरेको रूपेशले स्वीकार गरेको अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए।
सिरहाका १७ वटै पालिकाका अधिकांश किसानले मल पाउन सकेका छैनन्। कतिपयले मल अभावका कारण गहुँ छर्न पाएका छैनन्। कतिपयले उम्रिएको गहुँमा मल छर्न सहकारी तथा अन्यत्र भौँतारिरहेका भेटिन्छन्।
दुर्घटनामा ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको छ।
मानव बेचबिखन एवं अन्य आपराधिक गतिविधिमा संलग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी अवैध कार्यमा लगाउने गरेको सूचना प्राप्त भएको मन्त्रालयले जनाएको छ।
हेटौँडा उपमहानगर–१ तिरतिरे धारास्थित सडकमा सोमबार साँझ भारतीय नम्बर प्लेटको कारले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सोमबार छविलाल जोशीको मात्र बयान लिइएको, मंगलबार रवि लामिछानेसहित अन्य प्रतिवादीको बयान हुने कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीको भनाइ छ।
बांग्लादेशले पूर्वप्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक रूपमा अनुरोध गरेको छ।