बिहीबार राति तलकोट गाउँपालिकाबाट चैनपुर आउने क्रममा धमेना नजिकै जिप दुर्घटना हुँदा चार जना र मष्टा गाउँपालिका–१ कोटदेवलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ।
पिलीमा युद्ध संग्रहालयसहित करिब एक हजार ९०० मिटर पैदलमार्ग, भ्युटावरलगायतका संरचना निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईंले जानकारी दिए।
तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ।
आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ। अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ।
माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेलाई जोगाइरहेको र टाढाकालाई छानी–छानी कारबाही गरिरहेको बताए।
सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर गरेको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए।्
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो १.०२ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।
किसानले उत्पादन गरेको तितेकरेला गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यसको खेती पनि बढेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ।
झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलमा पर्यटकको घुइँचो लाग्न थालेको छ। भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुल हेर्न पर्यटक आउने गरेका छन्।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
पनौती नगरपालिकाको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो।
विभिन्न मुलुकका कूटनीतिक नियोगमा जिम्मेवारी लिएर जान लागेका नेपाली राजदूत तथा कूटनीतिक कर्मचारीले पनि हवाई टिकट मिलान तथा रुट निर्धारणमा कठिनाइ बेहोर्दै आएका छन्।
जलविद्युत् आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुंगा र बालुवा उत्खनन गरेको भन्दै रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ।
बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई मंगलबार राति तीव्र गतिमा रहेको बसले थिचेको थियो।
पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।
नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२४ मा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ७.९ प्रतिशतले वृद्धि भएको छ।
रत्ननगरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।