हात्ती महोत्सवमा यसपालि हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको थियो।
हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका घाँस सुक्ने भएकाले समस्या पर्ने गरेको कार्यालयले जनाएको छ।
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको छ।
सर्वोच्च अदालतबाट अवकाश भएपछि वस्तीले ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरेका थिए।
सूर्योदयसँगै अन्य मनोरम दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले यो ठाउँ भरिभराउ हुने गरेको छ। डाँडामा भ्युटावर पनि निर्माण गरिएको छ।
टाउकोमा गोली लागेका प्रहरी जवान चक्रप्रसाद न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएको हो।
काठमाडौँ महानगरअन्तर्गत सहरी योजना आयोगले सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजनाको डीपीआर तयार पारेको छ।
डाक्टर बनेर गएका व्यक्तिले बिरामीलाई बेहोस पारेर सुन तथा चाँदीका गरगहना र नगद तीन लाख रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ।
सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ।
बागमती नगरपालिका–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ छ।
गैरीगाउँका ३१ वर्षीय टीका चौधरीको परिवार हजुरबुबाको पालादेखि नै नेपालमा बसोबास गर्दै आए तापनि सीमा स्तम्भको अद्यावधिकपछि आफूहरूको घरखेत भारततिर परेको बताउँछन्।
उनीहरूलाई नेपाल राष्ट्रबैंक ऐन, २०५८ अनुसारको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
फलामेडाँडासहित म्याग्दी र पर्वतका पर्यटकीयस्थल समेटेर करबाकेली पदमार्ग सञ्चालन भएको छ। अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको पनि फलामेडाँडा गन्तव्य हो।
यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएको छ। तीव्र गतिमा लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा मानवीय क्षति धेरै भएको छ।
सैन्य विशेषज्ञले विमानमा ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशंका गरेका छन्। रुसी अधिकारीले भने ‘अड्कलबाजी’भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको विमानबाट बिहीबार प्रवर्द्धनात्मक उडान गरिएको छ।
वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले जानकारी दिए।
मन्त्रिपरिषद्ले पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।
विभागले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।