स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा पुल नहुँदा बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ।
संयुक्त राष्ट्र संघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन तथा विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन यो दिवस मनाउँदै आइएको छ।
बझाङमा एक सातामै दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ। यसअघि गत बुधबार पनि बझाङको रायल केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
चालकका सामान्य गल्तीले पनि गम्भीर दुर्घटना भएका धेरै उदाहरण छन्। लामो दूरीमा एक जना मात्र चालक हुँदा, यात्रु र चालकबीच झगडा हुँदा तथा जथाभावी ढोका खोल्दा पनि दुर्घटना भएका छन्।
माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।
रुपन्देहीको सालझण्डीबाट शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङलाई जोडेको छ।
रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले उक्त विमानस्थलमा व्यावसायिक रूपमा रात्रिकालीन उडान शुरू गरेको हो।
टीआरसी र सीआईईडीपीका पदाधिकारी नियुक्तिको लागि गठित सिफारिस समितिले आफ्नो कार्यकाल समाप्त भएको जनाउँदै पुनः नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।
ललितपुर महानगरले पाँच वर्षअघि विद्युतीय शवदाह गृह बनाउन थालेको प्रक्रिया मुद्दा परेपछि बीचमै रोकियो। घाट सञ्चालन भइरहेको स्थानमै नयाँ प्रविधि राख्ने योजनाको शंखमुलका स्थानीय नै किन विरोध गरिरहेका छन्?
कुपण्डोल–सानेपा खण्डअन्तर्गत कालोपुलमुनि बागमती नदी देब्रेपट्टिको लेनमा बर्खादेखि नै पानी जम्ने समस्याले सवारी आवागमनमा समस्या थपेको छ।
कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको थियो। तीव्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
८६ वर्षीय सिंहको सोमबार बिहान उपचारका क्रममा निधन भएको हो। सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले सोमबार शोक बिदा दिएको छ।
तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छ। अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार झापाको गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन्।
शर्माका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार २०३ मत प्राप्त गरे। अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे।
साथीभाइबीचको विवादपछि आवेग आई घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नगरपालिका र ठेकेदारको मिलेमतोमा बेथितिको केन्द्र बनेको कर्णाली प्रदेश राजधानीको सिटी बसपार्कबारे अख्तियारले चार वर्षदेखि गरिरहेको अनुसन्धान अहिलेसम्म टुंगोमा पुगेको छैन।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा नौ हजार ६८६ किलोमिटर सडक बनेको छ। गाउँ–गाउँमा सडक पुग्दा आफ्नो खेतबारीमा उत्पादित वस्तु बजारसम्म पुर्याउनसमेत कर्णालीवासीलाई सहज भएको छ।