AnonymousUser

Logout

रवि लामिछानेको सांसद पद निलम्बन

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना जारी गरेर रवि लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी गराएका छन्।

डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी

रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ।

सहकारी ठगी आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष पक्राउ

सहकारी ठगीको आरोपमा प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्षलाई पक्राउ गरेको छ।

हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख आचार्य छोरासँगै मृत फेला

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन्।

एनपीएलको फाइनलमा अभद्र व्यवहार गर्ने २ जना पक्राउ

एनपीएलको फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

१३ वर्षदेखि अलपत्र तमोर नदीस्थित लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण हुँदै

उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि पाँचथर र तेह्रथुमको सदरमुकाम सबैभन्दा छोटो दुरीमा जोडिने छन्।

मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्षसमेत हुन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा दैनिक ४ घण्टा विद्युत् कटौती

प्राधिकरणले साँझ ५ देखि ९ बजेसम्मको ‘पिकआवर’मा वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा विद्युत् कटौती गर्दा क्षमताअनुसार उत्पादन गर्न नसकेको उद्योगी व्यवसायीले बताएका छन्।

सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय छलफल

छलफलका क्रममा नेताहरूले आगामी जनवरीमा फिलिपिन्समा हुने एपीजीको ‘फेस टु फेस’ बैठकमा राजनीतिक प्रतिबद्धता र सुधारका पहलसहित प्रस्तुति राखेर नेपाललाई ‘ग्रे लिस्ट’मा पर्न नदिन पहल गर्न सुझाव दिएका छन्।

बालमन्दिरको सम्पत्तिमा आँखा: अख्तियारले शुरू गर्‍यो अनुसन्धान

नेपाल बाल संगठनको स्वामित्वमा रहेको बालमन्दिर माध्यमिक विद्यालयलाई जबरजस्ती अर्को विद्यालयमा गाभ्ने नगरपालिकाको निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।

साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ

प्रहरीले साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगमलाई पक्राउ गरेको छ।

धनगढीबाट आधा किलो सुनसहित २ भारतीय नागरिक पक्राउ

प्रहरीले धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट आधा किलोभन्दा बढी अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

रवि लामिछानेसँग २ मुद्दामा ३१ करोड बिगो दाबी, अन्य प्रतिवादीसँग कति?

पूर्वगृहमन्त्री रवि लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

रवि लामिछानेसहित ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर

कास्की जिल्ला अदालतमा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध २७ करोड तथा छविलाल जोशीविरुद्ध ७४ करोड रुपैयाँ बिगो दाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको छ।

मनाङमा चिसोले पानी जम्यो तर परेन हिउँ

मनाङवासी हिमपात हुनुपर्ने समयमा हिउँ नै नपर्दा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्तामा छन्।

रवि लामिछानेविरुद्ध कास्की अदातलमा अभियोगपत्र पेस

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरुद्ध पनि अभियोगपत्र पेस भएको जानकारी दिए।

बाजुरामा शनिबारको भूकम्पबाट ८ घरमा क्षति, १२३ परिवार जोखिममा

नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको पाइएको छ। 

मुग्लिन–काठमाडौँ सडक आइतबारदेखि दैनिक तीन घण्टा बन्द 

सडक विस्तारका क्रममा केही स्थानमा कटान गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, ३ जना घाइते

भारतको पलिया बजारनजिक गाडी दुर्घटना हुँदा सुदूरपश्चिमका राज्यमन्त्री प्रकाश बमसहित ३ जना घाइते भएका छन्।