राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गरेका छन्।
विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाअन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट माण्डुसम्मको पहिले चालु रहेको ६६ केभी लाइनलाई ११ केभीमा सञ्चालनमा ल्याइने छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७:५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक बरहथवा–५, राजुचोकका हरिन्द्र महतो र सोही स्थानका पुरुषोत्तम दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
असोज १२ गते आएको बाढीका कारण नख्खु खोला किनारमा थुप्रिएको धुलो उडेर बस्तीमा पुग्ने गरेको छ। नख्खु खोलाको धुलो र गन्धले आफूहरूलाई असर पारिरहेको ललितपुर महानगर–४ का स्थानीय मिलन यसमाली मगरले गुनासो गरे।
हिउँदयाम शुरू भएपछि निरन्तरजसो हुने हिमपातसँगै झन् आकर्षक देखिन्छ रारा।
दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदलीको सम्भावना रहेको छ भने पहाड र तराईका भूभागमा सामान्यतया मौसम सफा रहनेछ।
बैतडीको पाटनस्थित फर्निचर उद्योगमा काम गर्दै आएका एक मजदुरको निसास्सिएर मृत्यु भएको छ।
राष्ट्रिय किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
मकवानपुरको राक्सिराङ–५, चाक्ले बगरमा ‘ब्रेक फेल’ भई जिप सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको छ।
हुम्लामा लगातार तीन दिनसम्म हिमपात हुँदा सडक यातायात, हवाई उडानका साथै स्थानीयको दैनिक कामकाज प्रभावित भएको छ।
अख्तियारले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध १३ करोड १२ लाख रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपपत्र दायर गरेको छ।
वर्षा बाँचिरहेको भए आज (पुस १४ गते) ३७औँ जन्मदिन मनाइरहेकी हुन्थिन्। तर एउटा ‘फेक’ खबर फैलिँदा मुलुक अशान्त भयो र वर्षासहित पाँच जनाले ज्यान गुमाए। एक हजारभन्दा बढी घाइते भए।
पोखराको फेवातालमा आयोजित ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा नेपाल, चीन र सिंगापुरका २० टोली सहभागी छन्।
प्रहरीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ।
चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको छ। पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा. प्रशा
२२ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ।
सल्लेरीगाउँमा ९० परिवारको बसोबास छ। बर्खामा अकासे पानी थापेर प्रयोग गर्ने गाउँलेलाई हिउँद लागेपछि पानी अभावले सताउने गरेको छ।
अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।
मध्यपुरथिमिको सम्पदालाई रोजगारी र आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील बनाउने अवधारणासाथ शुक्रबारदेखि शुरू भएको महोत्सव आइतबारसम्म सञ्चालन हुने छ।