बैंक र बैंकिङसँग सम्बन्धित विभिन्न ५१ विषय समेटेर लेखिएको पुस्तक २७२ पेजकाे रहेको छ।
शनिबारीय कथा
भोजपुर आक्रमणको सप्ताहान्त माओवादीले उक्त आक्रमणमा शहादत प्राप्त गर्ने शहीदहरूको सूची सार्वजनिक गर्यो। पहिलो नम्बरमै वर्षाको नाम देखेँ। मलाई भाउन्न होलाझैँ भयो।
काग तिहार भने आइतबार परेको समितिले जनाएको छ। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ।
चन्दननाथ नगरपालिका– १ जुम्ला आचार्यबाडा निवासी लेखक रमानन्द आचार्यले करिब १५ वर्ष लगाएर शब्दकोष निर्माण गरेका हुन्।
सीप भएका बिन र डोम समुदायका स्थानीय अहिले दिनरात नभनी बाँसका समान बनाउन व्यस्त छन्। यो क्रम छठपर्व शुरू हुने दिनसम्म चल्छ।
लस्ट एन्ड फाउन्ड नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज हुन्। नाटकको मुख्य भूमिकामा पवित्रा खड्का र सागर तिमल्सिना छन्।
मादलकै स्वर र तालमा हराउन सिकेकाले होला, सपनीमा उनी मादलकै वरपर हुने गर्छन्। तर मादलको परख गर्ने वा सिक्न खोज्ने कोही बिपनीमै आइदेओस् भन्ने लाग्छ उनलाई।
६ दशकभन्दा लामो सिनेमा यात्रामा कीर्तिमानी व्यावसायिक सफलता प्राप्त गर्ने एकातिर छन् भने, अर्कोतिर कथनशैलीको सुन्दरता, नयाँ प्रयोग र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पहिचान स्थापित गर्ने सिनेमा छन्।
रंगमञ्च
युरोपमा कम्युनिष्ट विचार एवं स्वतन्त्रताप्रति लक्षित दुईवटा नाटक हेरेपछि र युरोपियन कलाकर्मीका कुरा सुनेपछि नेपालमा किन जेन–जीको विद्रोह भयो भन्नेबारे मेरा खास अनुभूति छन्।
तेह्रथुमको साबला गाउँमा एक जना जमिनदार लिम्बूको शरण परेर उनकै संरक्षण-स्नेहमा हुर्केका कालु उप्रेतीको छोरीपट्टिको म पाँचौँ पुस्ताको सन्तान हुँ।
व्यापारको तथ्यांक हेर्दा अघिल्लो दशैँको तुलनामा यसपटक प्रदर्शन भएका तीन वटै चलचित्रको व्यापार उत्साहजनक हुन सकेको छैन।
हाँडीगाउँमा बुधबार चोक्टे नारायणको जात्रा मनाउने क्रममा मैनको फूल प्रयोग भयो। अन्य जात्रामा नदेखिने मैनको फूल र उल्टो खट यो ‘कहीँ नभएको जात्रा’का विशेषता हुन्।
गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ। किनकि यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ।
नेपालमा दशैँको समयमा थुप्रै ऐतिहासिक र सांस्कृतिक जात्रा पनि सञ्चालन भइरहेका हुन्छन्। यी जात्रा दशैँसँग जुधेको जस्तो देखिए पनि जानकारहरूका अनुसार यी दुवैको केन्द्रमा शाक्त धर्मको आराधना नै रहेको हुन्छ।
आधुनिक विकल्पहरूबीच अब आपसी सञ्चार संवादका लागि मेला आवश्यक माध्यम रहेन। मनोरञ्जन लोक परम्परा र लोक कलामा निर्भर रहेन। किनमेल स्थानीय उत्पादन,सीप र कौशलमा आधारित रहेन।
घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्छन्।
ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले विजयादशमीको टीका प्रसाद ग्रहणका लागि बिहान ११:५३ बजेको साइत उत्तम रहेको जनाएको छ।
महानवमी
भक्तपुरको तलेजु भवानीको मन्दिर महानवमीको दिन मात्र सबैका लागि खुल्ला गरिन्छ। यस दिन भवानीको दर्शन गर्न जाने दर्शनार्थीहरूले करिब ५० वर्षअघि यहाँबाट हराएको तलेजु हार पनि सम्झिने गरेका छन्।
हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ। महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण दिनभर यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।