सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।
उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरता, मौलिक समाज र संस्कृतिको विगतलाई टेकेर खस्किँदो वर्तमान र शून्य भविष्यको समेत ´ब्लुप्रीन्ट` कोर्न लेखकले मुस्ताङको मिजासलाई आफ्नो ´क्यानभास` बनाएका छन्।
नारायण गोपाल वा अम्बर गुरुङले भनेजस्तो, संगीत विधा मनोरन्जन र आत्मरन्जनको मिलापमा चल्नुपर्ने हो। तर, त्यसो हुन सकेको छैन।
जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ।
मूर्ति पुनर्स्थापनाका विषयमा कुनै समुदायमा देखिएको उत्सुकता र कतै देखिएको अन्योललाई समुदायको परिवर्तित मूल्यमान्यता र अपनत्वको भावनाले प्रभाव पारेको विज्ञहरू बताउँछन्।
कुमारी घरबाट चोरी भएको तोरण २६ वर्षपछि कुमारी घरमै पुनर्स्थापना गरिएको छ। अब यसको संरक्षण समुदाय र स्थानीय निकायको समन्वयमा हुनेछ।
कुमारी छेँ (घर)बाट चोरी भएको तोरणलाई पुनर्स्थापना गरिएसँगै अबका दिनमा समुदाय र स्थानीय निकायको समन्वयमा सम्पदाको संरक्षण हुने प्रतिबद्धता जनप्रतिनिधि तथा सम्पदा अभियन्ताले व्यक्त गरेका छन्।
महोत्सवमा अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रबाट ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी, सन्न्यासी, भिक्षु र भिक्षुणी आउने जनाइएको छ।
वर्षभरि जात्रा र बाजाले गुञ्जायमान हुने ललितपुर महानगरलाई युनेस्कोले ‘युनेस्को रचनात्मक सांगीतिक शहर’का रूपमा पहिचान गरेको छ। युनेस्को रचनात्मक सांगीतिक शहर के हो र महानगरको योजना कस्तो छ?
कलेजो प्रत्यारोपण सर्जन प्राडा. भण्डारीले एलओडीमा करिब दुई घण्टा आफ्नै स्वरमा रेकर्ड गराएका केही गीत र चर्चित नेपाली गीतहरू गाएर माहौल उल्लासमय बनाए।
फरक भूगोल र पृष्ठभूमि भए पनि, १४औँ युरोपेली संघ चलचित्र महोत्सवमा प्रदर्शन भइरहेका युरोप र एशियाली फिल्महरूले मानवीय संवेदनशीलताका साझा कथालाई प्रतिबिम्बित गरेका छन्।
काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा एक महिनासम्म चल्ने यो महोत्सवमा १८ वटा प्रदर्शनी, स्लाइड सो प्रोजेक्सन, कार्यशाला लगायत कार्यक्रम रहनेछन्।
केही हुनेखाने ठुलाबडाहरूको मृत्युमा लासलाई घाटसम्म लैजाँदा बाटोमा पैसा छर्ने चलन केही वर्ष अगाडिसम्म नेपाली समाजमा थियो। यस चलनले सम्पन्नता र विपन्नताको वर्गीय खाडल कोरेकै थियो।
कथाकार सुरेश यक्सोको कथासंग्रह ‘पेनिबा’ काठमाडौँमा मंगलबार विमोचन भएको छ।
किरात समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।
महोत्सवमा विभिन्न १२ देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन्। सो अवसरमा बालबालिकासँग नाट्य कार्यशालासमेत हुनेछ।
विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति पुनर्स्थापित गरिएको छ।
एउटा प्रश्न चाहिँ अघिल्लो पुस्तकमा झैँ दोहोरिएर आयो, यी डाक्टर बिरामी जाँचेपछि उसलाई पछ्याएर कथा लिन्छन् कि, बिरामी नै डाक्टरलाई आफै कथा बताउन थाल्छन्?
शहरको सुरक्षाका लागि वरिपरि घेरिएको खाई तथा नहरमा विषालु साँप, गोही र अजिंगरहरू छोड्नुपर्ने प्राचीन मान्यताअनुरूप, पाटन शहरको वरिपरि यी जीवजन्तु छाडिएको कुनु शर्माको काव्यमा वर्णन छ।
लोकहितको सन्देशसहित मल्लकालीन समयबाट शुरू भई हरेक वर्ष पाटनस्थित कात्तिक डबलीमा मञ्चन हुँदै आएको कात्तिक नाच २७ दिनबाट खुम्चिएर ९ दिनमा कसरी पुग्यो?