चन्दको विसर्जन कथासंग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ।
विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले जनाएको छ।
ब्लु डायमन्ड सोसाइटीकी पिंकी गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले तिज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन्।
कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन्। सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरूसँगै काम गरिरहेका देखिन्छन्।
पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्किन सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
काठमाडौँ र ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाभित्र सांस्कृतिक सिर्जनात्मक उद्योग उत्थान सम्भाव्यता विषयको प्रतिवेदन सार्वजनिक भएको हो।
मिथिला आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ। त्यही कलालाई आर्ट भ्यालु जोडेर उनले नयाँ प्रयोग गरिरहेकी छन्।
अक्षरा स्कुलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौँको पिंगलास्थानस्थित ‘स्टुडियो थिएटर’मा भएको विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ।
कथाकारले घटनाक्रम यसरी अगाडि बढाएका छन् कि पाठकलाई १७ वर्ष अगाडि घरबाट अमेरिका गएका रेसमको नेपालमा रहेकी श्रीमतीसँग भेट होला कि नहोला भन्ने खुल्दुली भइरहन्छ।
पुस्तक समीक्षा
अत्याचार खप्न नसकेका युवा देशमा केही गर्ने चाहना र जाँगर भए पनि विदेश उड्न बाध्य छन्। निर्गमले सत्यको त्यही आँखीझ्याल देखाउन खोजेको छ।
प्राडा भण्डारी यसअघि ‘मायालु भाका’, ‘धन्यवाद’, ‘एउटा जीवन’, ‘किन होला’, ‘तिम्रो नै माया’लगायत गीत सार्वजनिक भइसकेका छन्।
शनिबार नै हिन्दू धर्मावलम्बीले वर्षभर घरमा धार्मिक कार्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी र बाबुको मुख हेर्ने पर्व पनि मनाउँदैछन्।
अबिच्युरी
प्रेमविनोद नन्दनले शीतल कादम्बिनीसँग सवालजवाफ गर्दाको एउटा सेर कालजयी पनि बन्यो। उक्त सेर थियो– किन सोध्यौ मेरो उमेर सत्तरी कि सत्र, सक्छौ भने लेखे हुन्छ अझै प्रेमपत्र।
जगदम्बा श्री पुरस्कार भने प्रेमदेव गिरीलाई प्रदान गरिएको छ।
पाथीभरामा केबलकार बनाउने र बनाउन नहुने पक्षबीच सांस्कृतिक रूपमै विभाजन शुरू भएको छ। हरेक वर्ष लाखेनाचको दिन हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ।
गायिका झुमा लिम्बूका अनुसार यस अभियानको मुख्य लक्ष्य अल्पसंख्यक समुदायहरूमा पुगेर लोपोन्मुख गीत, संगीत र वाद्यवादनको संरक्षण र प्रवर्द्धन गर्नु हो।
युद्ध साहित्य पुरस्कार कोष बेलायतले प्रत्येक तीन वर्षभित्र प्रकाशित भएका नेपाली युद्ध साहित्यका कृतिमध्येबाट एक कृतिलाई युद्ध साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।
विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ।
सारंगी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षणसँगै रोजगारीको अवसर सिर्जना गर्नसमेत टेवा पुग्ने स्थानीयोको भनाइ छ।